१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

वर्षाले रु १७ करोडको इँटा नष्ट

वर्षाले रु १७ करोडको इँटा नष्ट
अ अ+ अ-

वीरगञ्ज । लगातार दुई दिन परेको वर्षले रौतहटका ६१ वटा इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका लाखौँ इँटा नष्ट भएका छन् । गत बिहीबार र शुक्रबार परेको पानीले यहाँका इँटाभट्टामा पोल्न राखिएको ८० प्रतिशत इँटा नष्ट भएपछि रु १७ करोडभन्दा बढीको क्षति भएको इँटा उत्पादक सङ्घ रौतहटका अध्यक्ष रामविनोद साहले राससलाई बताउनुभयो ।

अध्यक्ष साहले भन्नुभयो, “पोल्नलाई तयारीमा राखिएका ८० प्रतिशत इँटा नष्ट भए, एउटा भट्टामा कम्तीमा रु १० लाखभन्दा बढी काँचो इँटा पानीले गलेर नष्ट भयो ।” पोल्न तयारी राखिएको इँटा पानीले गलेर नष्ट भएको छ भने अर्कोतिर मजदूरको खर्च लागेकाले दोहोरो घाटा बेहोर्नु परेको इँटा व्यवसायीको गुनासो छ ।

यस्तै तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने गाडीको आयात घट्दा वीरगञ्ज भन्सार कार्यालयको राजश्व असुली प्रभावित भएको छ । चालु आवको ६ महिनामा वीरगञ्ज भन्सार कार्यालयले कूल राजश्वको ७० प्रतिशतमात्र राजश्व असुली गर्न सकेको सो कार्यालयले जनाएको छ ।

सङ्घीय सरकारले चालु आवको पुस मसान्तसम्म रु ९७ अर्ब ५२ करोड ६५ लाख १६ हजार राजश्व उठाउने लक्ष्य लिएको थियो । तेस्रो मुलुकबाट भित्रिने गाडीको आयातमा भने कमी आएको छ । सो अवधिमा भन्सार कार्यालयले ७० प्रतिशत अर्थात् ६८ अर्ब ७० करोड ३८ लाख ६९ हजारमात्र राजश्व असुली गरेको सो कार्यालयका सूचना अधिकारी विमलकुमार साहले राससलाई बताउनुभयो ।

तोकिएको भन्सार राजश्व लक्ष्य प्राप्ति गर्न तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने सवारीसाधनको मुख्य भूमिका रहन्छ । “चालु आवको ६ महिनामा २१ प्रतिशतले गाडी आयात घटेकाले पनि राजश्व प्रभावित भएको छ”, सूचना अधिकारी साहको भनाइ थियो । त्यसबाहेक पेट्रोलियम पदार्थ तथा क्लिङ्करको आयातमा कमी आएकाले राजश्व प्रभावित भएको हो ।

कार्यालयले भन्सार महसुलतर्फ चालु आवको पुस समान्तसम्म ४१ अर्ब ७८ करोड २२ लाख ७८ हजार लक्ष्य राखेकोमा ७० प्रतिशतले अर्थात् २९ अर्ब २६ करोड ७५ लाख ५६ हजार राजश्व सङ्कलन गरेको छ । मूल्य अभिवृद्धि करतर्फ ३९ अर्ब ४६ करोड ९८ लाख ८४ हजार राजश्व उठाउने लक्ष्यमा ७२ प्रतिशत अर्थात् २८ अर्ब ५६ करोड ७१ लाख ३७ हजार राजश्व सङ्कलन गरेको छ ।

यसैगरी सो कार्यालयले अन्तःशुल्कतर्फ १६ अर्ब २९ करोड ४३ लाख ५४ हजार राजश्व उठाउने लक्ष्य रखेकोमा ६७ प्रतिशत अर्थात् १० अर्ब ९३ करोड ९१ लाख २१ हजार राजश्व सङ्कलन गरेको छ । पाम तेलको कच्चापदार्थ आयातमा कमी आएकाले राजश्व प्रभावित भएको छ । भारत सरकारले हालै मात्र रिफाइन्ड पाम र पामोलिन तेल भारततर्फ पैठारी गर्नमा रोक लगाएपछि नेपालमा आयात हुने सो तेलको कच्चापदार्थ आयातमा कमी देखिएकाले राजश्व प्रभावित हुँने बताइएको छ ।