१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

अन्तःशुल्क घट्यो

अन्तःशुल्क घट्यो
अ अ+ अ-

विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको पहिलो छ महिनामा कूल रु तीन अर्ब ५१ करोड ५३ लाख नौ हजार राजश्व सङ्कलन गरेको छ ।

यो लक्ष्यको तुलनामा करिब २८ प्रतिशतले कमी हो । कार्यालयले सो अवधिमा रु चार अर्ब ४९ करोड ६३ लाख ५५ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गत वर्ष सो अवधिमा कार्यालयले रु तीन अर्ब १८ करोड १३ लाख ३१ हजार राजश्व सङ्कलन गरेको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा सो अवधिमा रु दुई अर्ब ४६ करोड ५३ लाख ९० हजार राजश्व सङ्कलन गरेको थियो । चालू आर्थिक वर्षमा लक्ष्यभन्दा राजश्व कम उठे पनि गएको वर्षभन्दा रु ३३ करोड ३९ लाख ७८ हजार राजश्व बढी सङ्कलन भएको छ ।

चालू आर्थिक वर्षमा सङ्कलित राजश्वमा आयकरतर्फ रु एक अर्ब ४९ करोड ५६ लाख ७१ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ८९ करोड ५३ लाख ३० हजार, अन्तःशुल्कतर्फ रु एक अर्ब १२ करोड ३८ लाख तीन हजार, स्वास्थ्य करतर्फ रु ५३ हजार र शिक्षा करतर्फ रु चार लाख ५२ हजार छन् ।

चालू आर्थिक वर्षको पहिलो छ महिनाको अवधिमा अन्तःशुल्कतर्फ रु दुई अर्ब २१ करोड ४३ लाख चार हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा रु एक अर्ब १२ करोड ३८ लाख तीन हजार मात्र सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा करिब ५१ प्रतिशत कम हो ।

अन्तःशुल्क कम सङ्कलन हुनुमा मादक पदार्थको कारोवारमा कमी आउनु, विकास निर्माण कार्यले तीव्रता नलिनु र जग्गाको कारोवार नहुनुजस्ता प्रमुख कारण भएको प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार राजश्व आयकरतर्फ १०३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ १०९ प्रतिशतले वृद्धि भएको छ भने अन्तःशुल्कमा ५१ प्रतिशत कमी देखिएको छ । असोज महिनादेखि पुस मसान्तसम्म अन्तःशुल्कमा क्रमशः वृद्धि भइरहेको प्रमुख सापकोटाले बताउनुभयो ।