१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

अवैधरुपमा भन्सार छली गर्ने तिन जना पक्राउ

अवैधरुपमा भन्सार छली गर्ने तिन जना पक्राउ
अ अ+ अ-

काठमाडौं । सुर्तिजन्य तथा पान मसला लगायतका वस्तुहरु अवैधरुपमा भन्सार छली गरी चोरी पैठारीमा संलग्न तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याई लुकाई छिपाई काठमाडौं लगायत देशका विभिन्न ठाउँमा अवैध कारोबार गर्ने तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । नेपाल प्रहरी महानगरीय अपराध महाशाखा टेकुले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले पक्राउ पर्नेमा काठमाडौंको सुन्धारा बस्ने भारत मोतिहारी घर भएका २७ वर्षिय मोहमद आदिल हुसेन, ललितपुरको खुमलटार बस्ने नुवाकोट घर भएका ३० वर्षिय नारायण बोगटी, र काठमाडौंको गौरिघाट बस्ने भारत छपराका ४५ वर्षिय उदय भनिने शरण कुमार सिंह पक्राउ परेको बताउनुभयो । उनीहरुलाई प्रहरीले काठमाडौंको सुन्धारा, ललितपुरको धापाखेल तथा काठमाडौंको गौरिघाट स्थित गोदामबाट सामान सहित पक्राउ गरेको हो । प्रहरी उपरीक्षक सिंहले उनीहरुले सुर्तिजन्य तथा पान मसला, कपडा, मोटर पार्टस लगायतका सामाग्रीहरु भन्सार छलेर चोरी पैठारी गरी भारतबाट ल्याई सिमावर्ती क्षेत्रमा जम्मा गर्ने र काठमाडौं लगायत देशका विभिन्न ठाउँमा विक्री वितरण गर्ने गरेको पाइएको बताउनुभयो । उनीहरुलाई कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाउने तयारी भइरहेको समेत उहाँले बताउनुभयो ।

उनीहरुबाट रजनिगन्ध सिल्भर पेरिस लेखिएको प्याकेट २१५३ थान, रजनिगन्ध तुल्सी प्याकेट ३१६० थान, बबलु गोल्ड भुनी सुपारी लेखिएको सुपारीको प्याकेट ४२ थान, राज निवास पान मसला लेखिएको गुट्खाको पोका १८० थान, केशर युक्त विमल पान मसला लेखिएको प्याकेट ६० थान, गलु दन्त मन्जनको प्याकेट २७५ थान, वि–१ तम्बाकु लेखिएको पोका ९० थान, राजमा शर्मिला लेखिएको मिठा पान मसला ८१९ थान, स्नोपिक नथिना लेखिएको मिठा पान मसलको बट्टा ६०० थान, बाबा १२० लेखिएको जर्दा मान मसलाको बट्टा ४२९ थान बरामद गरिएको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । त्यस्तै उनीहरुबाट चुरोटको बट्टा ६७ थान, कथ्थाको प्याकेट ५५ थान, गुलाब स्प्रे पान मसलाको बोटल ४४ थान, पान हनिको बट्टा ३१० थान, पास पास माउथ फ्रेस पोका २८ थान, मधु स्विट सुपारी प्याकेट ४००० थान, सरैया तमाखु प्याकेट ७१ थान, चैनी खैनी प्याकेट १० थान, नेपाली विडी २४ थान, कोल ट्याब्लेटको पोका थान १०, गुलको डिब्बा थान ८१२ डिब्बा, कालो सुर्नीको प्याकेट ४५५० थान समेत बरामद भएको छ ।