१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

सुविधा उपभोग गर्नेले राज्य के हो भन्ने कुरा बुझ्न जरुरी छ : मन्त्री भट्ट

सुविधा उपभोग गर्नेले राज्य के हो भन्ने कुरा बुझ्न जरुरी छ : मन्त्री भट्ट
अ अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले राज्यको सेवा सुविधा उपभोग गर्नेले राज्य के हो भन्ने कुरा बुझ्न जरुरी रहेको बताउनुभएको छ ।

नेपाल इन्टरमोडल विकास समितिको २३ औं वार्षिकोत्सवमा मन्त्री भट्टले राज्यले व्यवसायी, कर्मचारी, नागरिक सबैका समस्या समाधान गर्ने उल्लेख गर्दै यस्तो बताउनुभएको हो । राज्यले दिने सेवा जनता, राष्ट्र र स्वयम सेवा उपभोग गर्नेहरुलाई हुने र सबैको समस्या समाधान गर्ने दायित्व राज्यको भएको उहाँले बताउनुभयो । कर्मचारीहरुलाई संकेत गर्दै मन्त्री भट्टले १०-५ को ड्युटी गरेर तलबमात्रै खान आएको भन्ने कुरा कसैले नसोच्न आग्रह समेत गर्नुभएको छ । उहाँले राजनीति गर्ने मान्छे सर्वेसर्वा हुन नसक्ने बताउँदै रुपान्तरण हुनु जरुरी रहेको बताउनुभयो ।

उद्योग वाणिज्य तथा आपूर्तिराज्यमन्त्री मोतिलाल दुगडले सरकारले देशलाई आधुनिक र समृद्धबनाउन योजनाहरु ल्याएपनि केही स्थानीयवासी, केही समुदाय र केही व्यक्तिहरुले व्यक्तिगत स्वार्थका लागि अवरोध गर्ने परम्परा रहेको बताउनुभयो । विराटनगर आपिसी निर्माण गरी भारतले धेरै अगाडी नै हस्तान्तरण गर्ने योजना बनाएको भएपनि नेपाली समुदायकै अवरोधका कारण ढिलाई भएको उहाँको आरोप छ ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले भारतबाट सामान आयात गर्दा सिपिङ कम्पनीहरुले अनावश्यक रुपमा शुल्क उठाउने गरेको गुनासो गर्नुभयो । चीनतर्फका बन्दरगाहहरु सञ्चालनमा आएको भएपनि सबैभन्दा नजिक ३५ सय किलोमिटरको दुरी भएको भन्दै उहाँले ढुवानी खर्चका विषयमा पनि ध्यान दिन सके चारै तिरको ‘कनेन्टिभिटी’को फाइदा हुने बताउनुभयो ।

सोमबार नेपाल इन्टरनेशनल यातायात विकास समितिले आफ्नो २३ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवशरमा समितिले रसद २०७६ पनि विमोचन गरेको छ ।