१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

आयल निगमद्वारा मनाङ मस्र्याङ्दीको ‘टाइटल’ प्रायोजन

आयल निगमद्वारा मनाङ मस्र्याङ्दीको ‘टाइटल’ प्रायोजन
अ अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमले सामाजिक उत्तरदायित्वअन्तर्गत मनाङ मस्र्याङ्दी फुटबल क्लबलाई एक वर्षका लागि ‘टाइटल’ प्रायोजन गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल र क्लबका अध्यक्ष छिमी उर्गेन गुरुङले प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौतासँगै निगमले मनाङ मस्र्याङ्दीलाई रु ३५ लाख उपलब्ध गराएको छ । निगमका कार्यकारी निर्देशक पौडेलले क्लबका अध्यक्ष गुरुङलाई प्रायोजन रकममध्ये ५० प्रतिशत रकमको चेक हस्तान्तरण गर्नुभयो ।

निगमको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले क्लबलाई मुख्य प्रायोजन गर्ने घोषणा गर्नुभएको थियो । निगमले बाँकी रकम एक वर्षभित्र उपलब्ध गराउनेछ । आठ पटकसम्म राष्ट्रिय लिग च्याम्पियन बनेको क्लबका लागि यो हालसम्मकै सर्वाधिक ठूलो प्रायोजन हो ।

सो अवसरमा निगमका कार्यकारी निर्देशक पौडेलले खेलकूद क्षेत्रलाई उत्थान गर्न निगमले थप स्रोतसाधन परिचालन गर्ने बताउनुभयो । “यो शुरुआत मात्र हो”, उहाँले भन्नुभयो, “अब निगमले नेपाली फुटबलमा योगदान गर्नेछ । यो सहयोग मनाङको मात्रै नभएर नेपाली फुटबलका लागि पनि हो ।” उहाँले यसअघि आर्थिक स्थिति बलियो नहुँदा निगम खेलकूदबाट बाहिर रहेपनि अबका दिनमा खेलकूद क्षेत्रमा सहयोग गर्ने बताउनुभयो ।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अध्यक्ष कर्मा शेर्पाले निगमले प्रायोजन गरेसँगै नेपाली फुटबलको विकासमा थप योगदान मिलेको बताउनुभयो । “निगमको सहयोगसँगै नेपाली फुटबलले पुनः जीवन पाएको छ ।” क्लबका अध्यक्ष गुरुङले निगमको प्रायोजनसँगै नेपाली फुटबल नयाँ चरणमा प्रवेश गरेको बताउनुभयो । “अब क्लब र संस्थालाई उच्च प्राथमिकता दिई खेलाडी प्रस्तुत हुनेछन्”, उहाँले भन्नुभयो । निगम र क्लबबीच भएको सम्झौताले आगामी दिनमा पनि निरन्तरता पाउने उहाँको विश्वास थियो ।

सो अवसरमा निगमका कार्यकारी निर्देशक पौडेलले निगमको प्रतीक चिह्न अङ्कित जर्सी क्लबका कप्तान कलम श्रेष्ठ र सहकप्तान अञ्जन विष्टलाई हस्तान्तरण गर्नुभएको थियो । मनाङ मस्र्याङ्दीले एक वर्षसम्म निगमको लोगो अङ्कित जर्सी प्रयोग गर्नेछ ।