१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयल निगमद्वारा मनाङ मस्र्याङ्दीको ‘टाइटल’ प्रायोजन



अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमले सामाजिक उत्तरदायित्वअन्तर्गत मनाङ मस्र्याङ्दी फुटबल क्लबलाई एक वर्षका लागि ‘टाइटल’ प्रायोजन गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल र क्लबका अध्यक्ष छिमी उर्गेन गुरुङले प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौतासँगै निगमले मनाङ मस्र्याङ्दीलाई रु ३५ लाख उपलब्ध गराएको छ । निगमका कार्यकारी निर्देशक पौडेलले क्लबका अध्यक्ष गुरुङलाई प्रायोजन रकममध्ये ५० प्रतिशत रकमको चेक हस्तान्तरण गर्नुभयो ।

निगमको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले क्लबलाई मुख्य प्रायोजन गर्ने घोषणा गर्नुभएको थियो । निगमले बाँकी रकम एक वर्षभित्र उपलब्ध गराउनेछ । आठ पटकसम्म राष्ट्रिय लिग च्याम्पियन बनेको क्लबका लागि यो हालसम्मकै सर्वाधिक ठूलो प्रायोजन हो ।

सो अवसरमा निगमका कार्यकारी निर्देशक पौडेलले खेलकूद क्षेत्रलाई उत्थान गर्न निगमले थप स्रोतसाधन परिचालन गर्ने बताउनुभयो । “यो शुरुआत मात्र हो”, उहाँले भन्नुभयो, “अब निगमले नेपाली फुटबलमा योगदान गर्नेछ । यो सहयोग मनाङको मात्रै नभएर नेपाली फुटबलका लागि पनि हो ।” उहाँले यसअघि आर्थिक स्थिति बलियो नहुँदा निगम खेलकूदबाट बाहिर रहेपनि अबका दिनमा खेलकूद क्षेत्रमा सहयोग गर्ने बताउनुभयो ।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अध्यक्ष कर्मा शेर्पाले निगमले प्रायोजन गरेसँगै नेपाली फुटबलको विकासमा थप योगदान मिलेको बताउनुभयो । “निगमको सहयोगसँगै नेपाली फुटबलले पुनः जीवन पाएको छ ।” क्लबका अध्यक्ष गुरुङले निगमको प्रायोजनसँगै नेपाली फुटबल नयाँ चरणमा प्रवेश गरेको बताउनुभयो । “अब क्लब र संस्थालाई उच्च प्राथमिकता दिई खेलाडी प्रस्तुत हुनेछन्”, उहाँले भन्नुभयो । निगम र क्लबबीच भएको सम्झौताले आगामी दिनमा पनि निरन्तरता पाउने उहाँको विश्वास थियो ।

सो अवसरमा निगमका कार्यकारी निर्देशक पौडेलले निगमको प्रतीक चिह्न अङ्कित जर्सी क्लबका कप्तान कलम श्रेष्ठ र सहकप्तान अञ्जन विष्टलाई हस्तान्तरण गर्नुभएको थियो । मनाङ मस्र्याङ्दीले एक वर्षसम्म निगमको लोगो अङ्कित जर्सी प्रयोग गर्नेछ ।