१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

पेट्रोलियम अन्वेषण : तीन लाइनमा सकियो सेस्मिक सर्भे

पेट्रोलियम अन्वेषण : तीन लाइनमा सकियो सेस्मिक सर्भे
अ अ+ अ-

दैलेख । पेट्रोलियम भण्डारणको क्षमता पत्ता लगाउने ‘सेस्मिक सर्भे’को काम भइरहेको छ ।

यहाँ पेट्रोलियम पदार्थ छ भन्ने कुरा पक्का भइसकेपछि कति परिमाणमा पेट्रोलियम पदार्थ छ, कुन स्थानमा कति भण्डारण छ भनेर पत्ता लगाउने निकै महत्वपूर्ण मानिएको ‘सेस्मिक सर्भे’को केही काम सकिएपनि बाँकी काम भइरहेको हो ।

दैलेखका पूर्व पश्चिम उत्तर दक्षिणका विभिन्न भूभागहरुमा जमीनको ४५ फिटमुनिसम्म सानो मेशिनमार्फत ड्रिलिङ गर्ने कार्य सम्पन्न भएपछि हरेक होलमा विस्फोटक पदार्थ राखेर जमीनमुनि आन्तरिक तरङ्ग पठाउने काम शुरु भइरहेको छ । अहिले १० वटा सेस्मिक लाइनमा जम्मा २०० किमी क्षेत्र समेटेर लाइन सर्भे गर्ने काम शुरु भएको जनाइएको छ । एउटा लाइनमा ४०० वर्गकिमी भूभाग समेटेर सर्भेको काम भइरहेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले जानकारी दिनुभयो ।

सोमबार साँझमात्र एउटा सेस्मिक सर्भेको काम सम्पन्न भएको हो । अन्वेषणका लागि तीनवटा पूर्व पश्चिम र सातवटा उत्तर दक्षिण दिशामा १० वटा सेस्मिक लाइन खनिएको छ । बाँकी रहेका सातवटा स्थानमा पनि काम धमाधम भइरहेको छ । माघ मसान्तसम्म सर्भेको काम सम्पन्न भएपछि जमीनभित्र पठाइएको तरङ्ग मापन गरेर यसको अध्ययनका लागि पुनः विशेषज्ञको टोलीले तीन महिनासम्म अध्ययन गरेपश्चात् मुख्य भण्डारण क्षेत्रको अन्वेषण कार्य शुरु हुने परियोजनाले जानकारी दिएको छ ।

अन्वेषणका लागि जियोलोजिकल सर्भे, म्याग्नेट टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ जस्ता कामहरु सम्पन्न भएपश्चात् महत्वपूर्ण मानिएको ‘सेस्मिक सर्भे’को काम शुरु गरिएको हो ।

कसरी हुन्छ सेस्मिक सर्भे

जमीनको धेरै गहिराइसम्म कृत्रिम भूकम्प सिर्जना गरी उत्पन्न गरिएको भूकम्पीय तरङ्ग जमीनको सतहमुनिको धेरै गहिराइसम्म पठाइन्छ, जमीनको तल्लो सतहमुनि ठोक्किएर फिर्ता भएका तरङ्गलाई सतहमा गाडिएका सेन्सरहरुमा रेकर्ड गरिन्छ । रेकर्ड गरिएका तरङ्गको प्रशोधन गर्ने र प्रशोधनबाट तयार भएका तरङ्गको सूक्ष्म अध्ययन गरी पेट्रोलियम पदार्थको भण्डार हुनसक्ने भौगर्भिक संरचना पहिचान गर्ने गरिन्छ । यसले कुन स्थानमा भण्डारण धेरै सम्भावना छ त्यो कुरा पत्ता लगाउन मद्दत पुग्दछ, भूगर्भविद् डा त्रिपाठीले भन्नुभयो ।

अन्वेषणका लागि दैलेखको चुप्रामा शुरुआतीदेखि नै क्याम्प निर्माण गरेर काम थालिएको छ । अहिले दैलेखको दुल्लू नगरपालिकामा पनि थप क्याम्प निर्माण गरेर विज्ञको समूह बसेको छ । दुल्लूबाट पूर्वी क्षेत्रका सेस्मिक लाइनहरुमा काम गर्न सहज हुने भएपछि टोली दुल्लूमा बसेको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिनुभयो ।

जिल्लाभरको सुरक्षा व्यवस्थापनबारे पनि जिल्ला प्रशासनले सम्बन्धित सुरक्षाप्रमुखहरुसँग सहकार्य गरेर काम अगाडि बढाएको प्रजिअ कट्टेलले बताउनुभयो । दैलेखका विभिन्न स्थानमा सयौँ वर्षदेखि ग्यासका रुपमा बलिरहेको आगो र खोलाको पानीमा बगेको तरल पदार्थका आधारमा यस क्षेत्रमा ग्यास वा अन्य पेट्रोलियम पदार्थ छ भनेर प्रमाणित भइसकेको छ । यसैका आधारमा विभिन्न सर्भे अन्य जिल्लामा गरिएको भए पनि दैलेखमा सेस्मिक सर्भेसम्मको काम अहिलेसम्म भएको थिएन ।

विगत दश वर्षदेखि अन्वेषण कार्यमा लागेका भोजपुरका एक कामदार अहिले दैलेखको अन्वेषण कार्यमा संलग्न छन् । उहाँका अनुसार ७५ प्रतिशत सम्भावना नजीक भएको बताउनुभयो । यसपालिको अन्वेषणमा चिनियाँ प्राविधिक टोलीले सङ्कलन गरेका स्रोत र चट्टानको नमूना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएको चिनियाँ प्राविधिक टोलीले आफूलाई जानकारी गराएको र जमीनमुनि पेट्रोलियम पदार्थलाई थुनेर राख्नसक्ने भौगर्भिक संरचना हुनसक्ने यथेष्ट प्रमाण सतही अन्वेषण तथा अनुसन्धानबाट पनि देखिएको भूगर्भविद् डा गणेशनाथ त्रिपाठीले बताउनुभयो ।