१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

फोटो पुस्तक सार्वजनिक

फोटो पुस्तक सार्वजनिक
अ अ+ अ-

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो पत्रकार समुहले फोटो पुस्तक ‘नेपाल दर्शन २०२०’ सार्वजनिक गरेको छ ।

फोटो पत्रकार समुहले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी पुस्तक सार्वजनिक गरेको हो । नेपाल भ्रमण वर्षको प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रकाशित गरिएको यो पुस्तकमा नेपालको संस्कृति तथा पर्यटकीय क्षेत्रहरुसँग सम्बन्धित फोटोहरु समावेस गरिएको छ । पुस्तक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगश भट्टराईले नेपाल किन घुम्न जाने भन्ने प्रश्नको जवाफ यो पुस्तकले दिने बताउनुभयो । उहाँले भन्नुभयो ‘यो पुस्तकमा समावेस भएका फोटोहरुले नेपाल चिनाउनका निम्ति अत्यन्तै ठुलो महत्वपूर्ण भूमिका खेल्दछ ।’

मन्त्री भट्टराईले पर्यटकहरुलाई नेपालको कुन ठाउँ घुम्न जाने भन्ने निर्णय लिन समेत पुस्तकले सहयोग पुर्याउने बताउनुभयो । उहाँले भन्नुभयो ‘पुस्तकमा भएका फोटोहरुको सन्दरताबाट यसको व्यापकताबाट उहाँहरुले आफ्नो भ्रमणको क्षेत्रहरु छनौट गर्न सक्नुहुन्छ त्यसैले नेपाल भ्रमण वर्षलाई सफल बनाउन यो पुस्तकले महत्वप्रर्ण भूमिका खेल्छ ।’

मन्त्री भट्टराईले २०२० लाई आधार वर्ष मान्दै २०३० नेपाल भ्रमण वर्षको एक दशकको अभियान सञ्चालन गर्न लागिएकोले यो पुस्तकको महत्व झन बढी हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी आउने वर्षको नीति, कार्यक्रम र बजेटमा एक दशकको नेपाल भ्रमण वर्षको अभियान घोषणा गर्न जाँदै छौं त्यस अभियानमा हाम्रा यी प्रकाशनहरुले पुस्तकहरुले नेपाललाई विश्व मानचित्रमा चिनाउनको निम्ति महत्वपूर्ण भूमिका खेल्नेछन् ।’

फोटो पुस्तक ‘नेपाल दर्शन २०२०’ मा सातै प्रदेशका फोटोपत्रकार तथा फोटोग्राफरहरुमार्फत लिइएका उत्कृष्ट फोटोहरु समावेस छन् । कार्यक्रममा उत्कृष्ट भएका फोटोपत्रकार तथा फोटोग्राफरहरुलाई पुरस्कृत समेत गरिएको थियो ।