१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोटो पुस्तक सार्वजनिक



अ+ अ-

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो पत्रकार समुहले फोटो पुस्तक ‘नेपाल दर्शन २०२०’ सार्वजनिक गरेको छ ।

फोटो पत्रकार समुहले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी पुस्तक सार्वजनिक गरेको हो । नेपाल भ्रमण वर्षको प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रकाशित गरिएको यो पुस्तकमा नेपालको संस्कृति तथा पर्यटकीय क्षेत्रहरुसँग सम्बन्धित फोटोहरु समावेस गरिएको छ । पुस्तक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगश भट्टराईले नेपाल किन घुम्न जाने भन्ने प्रश्नको जवाफ यो पुस्तकले दिने बताउनुभयो । उहाँले भन्नुभयो ‘यो पुस्तकमा समावेस भएका फोटोहरुले नेपाल चिनाउनका निम्ति अत्यन्तै ठुलो महत्वपूर्ण भूमिका खेल्दछ ।’

मन्त्री भट्टराईले पर्यटकहरुलाई नेपालको कुन ठाउँ घुम्न जाने भन्ने निर्णय लिन समेत पुस्तकले सहयोग पुर्याउने बताउनुभयो । उहाँले भन्नुभयो ‘पुस्तकमा भएका फोटोहरुको सन्दरताबाट यसको व्यापकताबाट उहाँहरुले आफ्नो भ्रमणको क्षेत्रहरु छनौट गर्न सक्नुहुन्छ त्यसैले नेपाल भ्रमण वर्षलाई सफल बनाउन यो पुस्तकले महत्वप्रर्ण भूमिका खेल्छ ।’

मन्त्री भट्टराईले २०२० लाई आधार वर्ष मान्दै २०३० नेपाल भ्रमण वर्षको एक दशकको अभियान सञ्चालन गर्न लागिएकोले यो पुस्तकको महत्व झन बढी हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी आउने वर्षको नीति, कार्यक्रम र बजेटमा एक दशकको नेपाल भ्रमण वर्षको अभियान घोषणा गर्न जाँदै छौं त्यस अभियानमा हाम्रा यी प्रकाशनहरुले पुस्तकहरुले नेपाललाई विश्व मानचित्रमा चिनाउनको निम्ति महत्वपूर्ण भूमिका खेल्नेछन् ।’

फोटो पुस्तक ‘नेपाल दर्शन २०२०’ मा सातै प्रदेशका फोटोपत्रकार तथा फोटोग्राफरहरुमार्फत लिइएका उत्कृष्ट फोटोहरु समावेस छन् । कार्यक्रममा उत्कृष्ट भएका फोटोपत्रकार तथा फोटोग्राफरहरुलाई पुरस्कृत समेत गरिएको थियो ।