१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाग्मती लोकसेवा आयोगका सदस्यद्वारा शपथ



अ+ अ-

हेटौँडा । वाग्मती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले उक्त आयोगका नवनियुक्त सदस्यद्वय सुदर्शनप्रसाद ढकाल र शर्मिला न्यौपानेलाई आज पद तथा गोपनियताको शपथ गराउनुभएको छ । उहाँहरु दुवैलाई प्रदेश सरकारले हालै नियुक्त गरिएको थियो ।

कार्यक्रममा वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईले संविधानको मर्मलाई अक्षरस पालना गर्दै आफ्नो पदीय मर्यादा र जिम्मेवारीलाई निष्पक्ष र पारदर्शिताका साथ कार्यक्षेत्र खटिन आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारले सुशासन ल्याउन निजामती कर्मचारीले कर्तव्यनिष्ठ रहेर जनहितका लागि सेवा भावले काम गर्नेतर्फ सधैँ अग्रसर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । शपथ कार्यक्रममा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ तथा प्रदेश मन्त्रिपरिषद्का मन्त्रीको सहभागिता थियो ।