१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली टोलीको फराकिलो जित



अ+ अ-

पोखरा । मैत्रिपूर्ण सिरिजमा नेपाली टोलीले फराकिलो जित हासिल गरेको छ। मलेसिया-११ लाई १३५ रनको फराकिलो अन्तरले हराएको हो ।

पहिलो एकदिवसीयमा नेपाल क्यान प्रेसिडेन्ट ११ ले दिएको २७९ रजको लक्ष्य पछ्याएको मलेसिया सेलेक्सन ११ ले ३७.२ ओभरमा सबै विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो । उसका लागि शैयद अजीजले २८ रन बनाए भने भिरनदीप सिंहले २४ । उसलाई सस्तैमा समेट्ने क्रममा करण केसी र कमल सिंह ऐरीले ३र३ विकेट लिए भने कुशल मल्लले २ विकट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४६.६ ओभरमा सबै विकेट गुमाएर २७८ रन बनाएको थियो ।

नेपालका लागि आरिफ शेखले १०१ रनको अविजित पारी खेले भने सन्दीप जोराले ५८ रन बनाए । चौथो विकेटका लागि दुबैले १५३ रनको साझेदारी गरेका थिए । करण केसीले २६ रन बनाउँदा ज्ञानेन्द्र मल्ल १९, पारस खड्का १५ र सुवास खकुरेल मात्र १२ रनमा आउट भए । कुशल मल्लले १४ रन जोडेका थिए । नेपाल र मलेसियाले तीन एक दिवसीय खेल्ने कार्यक्रम छ ।