४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना सम्बन्धि मुद्दाको छिट्टै फैसला गर्नुपर्छः पूर्वमुख्यसचिव अर्याल

सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना सम्बन्धि मुद्दाको छिट्टै फैसला गर्नुपर्छः पूर्वमुख्यसचिव अर्याल
अ+ अ-

काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्यालले प्रतिनिधिसभा पुनःस्थापना सम्बन्धि मुद्दा चाँडो फैसला गर्न सर्वोच्च अदालतको ध्यानाकर्षण गराउनुभएको छ ।

तोकिएको मितिमा निर्वाचन हुने कुरामा त्यसले पनि आशंका बढाएकाले सर्वोच्चले सो सम्बन्धि मुद्दा छिटो किनारा लगाउनुपर्ने उहाँको तर्क थियो । मंगलवार नेपाल कानून समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वमुख्यसचिव अर्यालले राज्यका अंगहरुले आफ्नो जिम्मेवारी समयमा पूरा नगर्दा पनि मुलुकमा विभिन्न खालको समस्याहरु आउने गरेको तथ्य पनि स्मरण गराउनु भयो ।

उहाँले भन्नुभयो,‘चुनाव तोकिएकै समयमा गर्नुपर्छ । तर यसो भनिरहँदा सुप्रिम कोर्टमा जुन कुराहरु छ, त्यो पनि समयमै टुंग्याईदिएको राम्रो । किनभने निर्वाचनको कार्यक्रम अघि बढी सक्यो । त्यो त भनिदिएर टुंंग्याइ दिई भइगयो नि । हामीले त्यस्ता निर्णय धेरै गरिसकेका छौ । किन डाउट गर्नलाई राख्ने । राज्यका अंगहरुले पर्पर फङशन नगर्दाखेरी विभिन्न समयमा विभिन्न समस्याहरु आएको छ । त्यो गभर्नेन्समा देखिएको विषय हो । यो कुराहरु आउनु प¥यो ।’

पूर्वमुख्यसचिव अर्यालले निर्वाचनको मिति सार्ने नभई तोकिएको मितिमा नै सबै क्षेत्रको निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो ।