४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गर्नुपर्छः नवराज सिलवाल

हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गर्नुपर्छः नवराज सिलवाल
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता नवराज सिलवालले हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गर्नेगरी सरकार अघि बढ्नुपर्ने बताउनुभएको छ ।

नेपाल कानून समाजले मंगलवार विज्ञहरुसँग प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा आयोजना गरेको छलफलमा उहाँले मौसम लगायतको कारण हिमाली क्षेत्रमा निर्वाचन सार्नुपर्ने बताउनुभएको हो ।

नेता सिलवालले राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र सरकारको तयारीले अब मुलुक निर्वाचनमा प्रवेश गरिसकेको निष्कर्षमा पुग्न सकिने बताउनु भयो । उहाँले हिमाली क्षेत्रमा भौगोलिक चुनौतिबाहेक अब अन्य सुरक्षा चुनौतिका कारण निर्वाचन रोकिने अवस्था नरहेको बताउनु भयो । उहाँले संसद पुनःस्थापनाको लागि सर्वोच्च अदालतमा पेश भएको मुद्दाको सुनुवाई नभएको भने असन्तुष्टी जनाउनु भयो । अदालतले समयमै स्पष्ट धारणा राख्न सकेमा न्यायालयको गरिमा अझ बढ्ने उहाँको भनाई छ । अदालतले मुद्दा आइसकेपछि त्यसलाई ‘एस अर नो’ के हो भन्ने विषयमा स्पष्ट रुपमा समयमा नै फैसला गर्न आवश्यक रहेको बताउनु भयो । सिलवालले बंगलादेशमा सन् २०२४ को अगस्तमा भएको हिंसा र त्यसपछि बनेको अन्तरिम सरकारले दुई वर्षसम्म पनि निर्वाचन गर्न नसकेको उल्लेख गर्नुभयो । तर नेपालमा भने भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनपछि पनि संविधानअनुसार नै निर्वाचन प्रक्रिया अघि बढिरहेको बताउनु भयो । वर्तमान संविधानअनुसार नै नयाँ र पुराना शक्तिहरु एक ठाउँमा आएर निर्वाचनमा होमिनुले नेपाल शान्तिपूर्ण भएको सन्देश दिन सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचनको लागी हामी धेरै अगाडी बढिसकेका छौँ । राजनीतिक दलहरु, निर्वाचन आयोग, सुरक्षा निकाय, सरकारको जुन खालको तयारी छ, यसले मुलुक निर्वाचनमा गएको भन्ने निष्कर्ष निकाल्न सकिन्छ । सर्वोच्च अदालतमा पेश भएको मुद्दामा अदालतले बोल्दिनुपथ्र्यो । कोर्ट अफ ल ले चाहीँ ईस्यू आईसकेपछि त्यसलाई एस अर नो के हो भन्ने विषयमा चाहीँ बोदिदिएको भए हाम्रो न्यायलयको महत्व र गरिमा बढ्ने थियो । निर्वाचन चाँही हुने भयो, मलाई के लाग्छ भने हिमाली क्षेत्रमा चाँही दोस्रो चरणमा निर्वाचन हुने ढंगले सरकार जानुपर्छ भन्ने परिस्थिति निर्माण हुनसक्छ । त्यो बाहेक अरु खालका सुरक्षा चुनौतीहरुले निर्वाचन रोकिने अवस्था छैन । अलि अलि हिंसाहरु र चुनौतीहरु त भई नै हाल्छ । बंगलादेशमा हेर्नुस्, त्यहाँको अगस्त २०२४ मा भएको हिंसा र त्यसपछि आएको अन्तरिम सरकारले दुई वर्षसम्म पनि निर्वाचन गर्न सकेन । तर हामी जेन–जीको जुन आन्दोलन भयो, भदौको २३ र २४ मा । त्यसपछाडी हामी अहिले जुन ढंगले निर्वाचनमा गरिरहेको छौँ, हाम्रो संविधान अनुसार नै नयाँ र पुराना शक्तिहरु आईराख्दा हामी शान्तिपूर्ण समाजमा छौँ । त्यसले गर्दा चुनाव हुँदैन की भन्ने शंकाबाट अब मुलुक अगाडी बढिसक्यो ।’  

उहाँले निर्वाचनपछि आउने परिणाम भने मिश्रित हुने हुँदा जेनजी आन्दोलनमा उठेका मुद्दाहरु संम्बोधन गर्न नसकिने बताउनु भयो । उहाँले हालको निर्वाचन प्रणालीले एउटै राजनितिक दलले बहुमत ल्याउन नसक्ने उल्लेख गर्नुभयो । उहाँले बहुमत ल्याउन नसक्दा आफ्ना घोषणापत्र लागू गर्न पनि दलहरुलाई समस्या भएको उल्लेख गर्नुभयो ।