१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु



अ+ अ-

एजेन्सी । सन् २०२६ को जनवरीमा मात्र मध्य भूमध्यसागरीय क्षेत्रमा आएको चक्रवात ह्यारीको कारण करिव एक हजारको मृत्यु हुनुका साथै धेरै आप्रवासीहरू बेपत्ता भएको मेडिटेरेनिया सेभिङ ह्युमन्सले जनाएको छ ।

इटालीस्थित राहत संस्था, “मेडिटेरेनिया सेभिङ ह्युमन्स” ले प्रेस विज्ञप्ती जाररुी गर्दै चक्रवात ह्यारीको समयमा लगभग एक हजार मानिसहरु समुद्रमा हराएर मृत्यु भएको हुन सक्ने बताएको हो ।

इटाली, माल्टा, लिबिया र ट्युनिसियाको बिचमा अवस्थित मध्य भूमध्य मार्ग हालैका वर्षहरूमा युरोपमा अनियमित आप्रवासन प्रवाहका लागि सबै भन्दा व्यस्त मार्गहरू मध्ये एक मानिएको छ ।

युरोपेली गैर–सरकारी संस्थाहरूले सामान्यतया उत्तर अफ्रिकाको तटबाट प्रस्थान गरे पछि संकटग्रस्त अवस्थामा परेका आप्रवासीहरूलाई उद्धार गर्ने गरेको जनाइएको छ ।

जनवरी १८ – २५ को बिचमा, चक्रवात ह्यारीले इटालीको दक्षिणी तट र माल्टा टापुमा ठुलो क्षति पुर्याएको जनाइएको छ ।