४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

हामी सबै मिलेर राजसंस्था त फाल्यौं, तर राजसंस्थाभन्दा पितृसंस्था ठूलो रहेछ: उपसभामुख तुम्बाहाङ्फे

हामी सबै मिलेर राजसंस्था त फाल्यौं, तर राजसंस्थाभन्दा पितृसंस्था ठूलो रहेछ: उपसभामुख तुम्बाहाङ्फे
अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएसँगै मुलुकमा राजसंस्था फाल्न सके पनि पितृसत्ता फाल्न नसकेको बताएकी छन् । सोमबार प्रतिनिधिसभाको पहिलो बैठक आफैंले सञ्चालन गरी राजीनामा बुझाएकी उनले त्यसलगत्तै पत्रकार सम्मेलन गरी यस्तो बताएकी हुन् । हक्की, स्पष्ट र मन नपरेको कुरालाई प्रस्टसँग प्रस्तुत गर्ने तुम्बाहाङ्फेले आफूले महिला भएर पनि संवैधानिक अंगको नेतृत्व लिन सक्ने दाबी प्रस्तुत गरिरहेकी थिइन् । उनले विगतमा पनि उपसभामुखबाट सभामुख बनेको नजिरलाई नजरअन्दाज नगर्न पार्टी नेतृत्वलाई पटक–पटक बताउँदै आएकी थिइन् ।

उनले यही विषयलाई आधार बनाउँदै महिला नेतृत्व अस्वीकार गर्ने पुरुषप्रधान समाजका कारण आफू सभामुख हुनबाट वञ्चित हुनेपरेको बताइन् । उनी राजनीतिमा महिलाको सहभागिताको विषयमा विद्यावारिधि गर्ने महिलासमेत हुन् । उनले आफूले विगतदेखि नै महिला अधिकारको विषयमा आवाज उठाउँदै आएको विषयलाई पत्रकारमाझ राखिन् । महिला अधिकारका क्षेत्रमा दिएको योगदानबाटै तुम्बाहाङ्फे राजनीतिमा प्रवेश गरेकी हुन् । धेरैले अधिकार र पहिचानजस्ता संवेदनशील विषय कुर्सीसम्म पुग्ने हतियार बनाउँछन् ।

अनि, पदमा पुगेपछि विगत बिर्सिदिन्छन् । तर, उपसभामुखको कुर्सीमा पुग्दा पनि उनले त्यसलाई कायम राखिन् । उनले उपसभामुखबाट राजीनामा दिए पनि लक्ष्य नबिर्सेको बताइन् । ‘उप’ भनेको ‘चुप’ होइन भनेर प्रदेशसभाका उपसभामुख तथा उपमेयर, उपाध्यक्षलाई पटक–पटक ऊर्जा थप्ने कामसमेत गरिरहिन् । प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछिको अन्योलग्रस्त अवस्थामा उनले प्रतिनिधिसभाको नेतृत्व लिइन् । उपसभामुखले सभामुखकै हैसियतमा काम गर्न मिल्ने वा नमिल्ने विषयमा विवाद भइरहँदा उनले निर्धक्कसँग निर्णय गरेर सभामुखमा आफ्नो दाबी स्वाभाविक रहेको संकेत गरिन् ।

नेकपामा महिला नेतृत्वलाई पछि पारिएको विषयले बेलाबेला प्रवेश पाउने गरेको छ । तर, यसका पक्षमा भिड्दा सम्भावित अवसर गुमाउने भयले महिला नेतृ मौन बस्छन् । शिवमायाले एक हिसाबले जोखिम मोलेकी हुन् । महिला भएकै कारण क्षमता भएर पनि अवसर नदिइने राजनीतिक संस्कारविरुद्ध उनी डटिन् । ‘हामी सबै मिलेर राजतन्त्र त फाल्यौं तर राजनीतिमा रहेको पितृसत्तासँग सकिएन । राजतन्त्रभन्दा बलियो त पितृसत्ता पो रहेछ,’ उनले सोमबार भनिन्, ‘धेरैले सोधे, तपाईंको पछाडि को छ ? कोही थिएन । थियो त संविधान थियो । म पाँच वर्षका लागि चुनिएकी हुँ । संविधानले अझै तीन वर्ष साथ दिन्थ्यो । तर, नेकपाले उम्मेदवार छानेपछि मैले छाडिदिएँ ।’

जाँदाजाँदै डा. तुम्बाहाङ्फेले भनिन्, ‘मैले दलको निर्देशन नमानेकै हो । उपसभामुख भइरहँदा म दलको कार्यकर्ता थिइनँ । आग्रह गरेको भए विचार गर्ने विषय हुन सक्थ्यो होला ।’ उनले संवैधानिक अंगको नेतृत्व गरिरहेको व्यक्तिलाई निर्देशन दिने अधिकार कुनै दलमा हुनुहुँदैन भन्ने मान्यता राखिन् । उनले आफ्नो कामको विषयमा छोटो तर मीठो तरिकाले प्रस्तुत गरिन् । उनले भनिन्, ‘म नेताको भनाइअनुसार होइन, संविधानअनुसार चलें ।’ उनले आफूलाई ‘लडाइँ’ शब्द प्यारो लागेको समेत बताइन् ।

उनले नेपाली राजनीतिमा रहेको पितृसत्तासँग आफू अन्तिम समयसम्म लडिरहने बताइन् ।उपसभामुखको पदमा पाँच वर्ष काम गर्न पाउने अवसर गुमाएको भन्ने डा। तुम्बाहाङ्फेलाई लागेको छैन । बरु ५ वर्ष एउटै पदमा खेर नफालेकामा गर्व महसुस भएको छ उनलाई । सभामुखको रस्साकस्सीमा उनले केही नयाँ ज्ञान हासिल गरेको बताइन् । संसद्भित्रै लड्ने प्रतिबद्धता व्यक्त गरिन् । उपसभामुखबाट राजीनामा दिँदै डा. तुम्बाहाङ्फेले सभामुख पदमा उम्मेदवार नतोक्दासम्म राजीनामा दिने आफ्नो अडान कुनै आग्रह वा आकांक्षा राखेर नगरेको दाबी गरिन् ।

‘देशले उपयुक्त निकास पाउनुपर्छ भनी मैले सबैको ध्यानाकर्षण गराउँदै आएकी छु,’ उनले सोमबारको पहिलो प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै भनिन्, ‘उपसभामुख पद खाली राखेर जान सक्दैन भन्ने मान्यताका आधारमा मैले दललाई उम्मेदवार तोक्न भनेकी थिएँ ।’ संसद्मा बहुमत प्राप्त दलले उम्मेदवार तय गरेको अवस्थामा आफूले मार्गप्रशस्त गर्ने निर्णय गर्दै पदत्याग गरेको उनले घोषणा गरिन् । ‘समावेशी लोकतन्त्र हाम्रो संविधानको आधारभूत मान्यता मात्र होइन, यसलाई अभ्यास र वचनबाट पनि लागू हुनुपर्छ,’ उनले भनिन्, ‘संविधान निर्माणमा अगुवाइ गर्ने राजनीतिक दल र नेतृत्व वर्ग यही विषयमा अडिग रहनुहुन्छ भन्ने मेरो विश्वास छ ।’

उपसभामुखका रूपमा रहँदा र सभामुख रिक्त रहँदा आफूले यसबारे धेरै प्रतिक्रिया पाएको भन्दै उनले समयले वस्तुनिष्ठ मूल्यांकन गर्ने बताइन् । ‘जनताले सूक्ष्म निगरानी गरिरहेका हुन्छन्,’ उनले भनिन्, ‘उचित सामाञ्जयस्यता हुनुपर्ने कुरा सबैले ध्यान पुर्याउनुपर्छ ।’ उनले कुनै पनि राजिनीतिक व्यक्तिले आफ्नो धरातल बिर्सन नुहने बताइन् । जनजाति तथा एकल महिलाले पाएको अवसरलाई आफूले महत्वपूर्ण अवसरका रूपमा उपयोग गरेको उनले सदनमै बताएकी थिइन् । राजधानी दैनिकबाट