९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा तालमेलको अवस्था नभए पनि सम्भावना बाँकी: पृथ्वी सुब्बा गुरुङ



अ+ अ-

काठमाडौं: काठमाडौं नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले जनताले नयाँ अनुहार नभइ नयाँ भिजन खोजेको बताउनु भएको छ ।

प्रेस चौतारी नेपालले आयोजना गरेको निर्वाचन संवाद कार्यक्रममा बोल्दै गुरुङले सो कुरा बताउनुभएको हो । नेपाली काँग्रेस नयाँ भयो भनिए पनि त्यस्तो नदेखिएको उहाँको भनाइ छ । `काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन´ गुरुङले भन्नुभयो `काँग्रेसको विशेष महाधिवेशनपछि पनि उहाँहरुको सिद्धान्त ,बिचार र दर्शनमा कुनै फेरबदल भएको छैन । त्यसैले काँग्रेस यथा अवस्थामै छ ।´

लामो ईतिहास भएका पार्टीको सान्दर्भिकता नसकिने उहाँको भनाइ छ । `केही पार्टी र व्यक्तिले आफुलाई नयाँ अरुलाई पुराना भनेर आर‍ोप गरिरहेका छन्´ गुरुङले भन्नुभयो `उनीहरु एजेन्डाबिहिन हुन् । त्यही भएर उनीहरु पब्लिक फेस गर्न सकेका छैनन् ।´

निर्वाचनमा तालमेलको सन्दर्भमा अहिले त्यस्तो अवस्था नभए पनि सम्भावना बाँकी रहने बताउनुभयो ।