२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

‘जरा उद्यान’ बनाउँदै चितवनको सामुदायिक वन

‘जरा उद्यान’ बनाउँदै चितवनको सामुदायिक वन
चितवनको भरतपुर महानगरपालिका–६ स्थित नवज्योति सामुदायिक वनमा जरा पार्क निर्माण गर्ने उद्देश्यले रुखका जरामा कुँदिएका धार्मिक मुर्ति तथा वन्यजन्तुका आकृति । तस्बिरः सनद अधिकारी/रासस
अ अ+ अ-

चितवन : यहाँको सामुदायिक वनले रुखका जराहरूमा विभिन्न किसिमका आकृति कुँदेर ‘जरा उद्यान’ निर्माण सुरु गरेको छ । भरतपुर महानगरपालिका–६ स्थित नवज्योति मध्यवर्ती सामुदायिक वनले वनभित्रका जराहरूमा आकृति कुँदेर जरा उद्यान बनाउन लागेको हो ।

नवज्योति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामप्रसाद तिमिल्सिनाका अनुसार अहिले सुरुआती समयमा चारवटा जरामा आकृति कुँदिएको छ । जसमा शिव, गणेश, गौतमबुद्धको आकृति छन् भने एउटामा विभिन्न किसिमका जनावरको आकृति रहेको छ । हामीले १६ वटा जारामा आकृति दिएर राख्ने योजनासहित काम गरिरहेका छौँ ।

अन्य जराहरूलाई सफा गरेर रङ लगाएर राख्ने योजना रहेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार जरामा कुर्सी बनाउने, ढिकी, रङ्गटे पिङ, चिप्लेटी, पिर्के पिङलगायत काठका सामान निर्माण गरिनेछ । यस्तै जरामा बाघ, गैँडा, जरायो, चित्तल, विभिन्न किसिमका चराको आकृति निर्माण गरी आकर्षक बनाइनेछ ।

रुखका जरालाई सदुपयोग गर्दै पर्यापर्यटनसँग जोड्ने काम गर्न लागिएको उहाँले बताउनुभयो । यही सामुदायिक वनभित्र रहेका किङफिसर तालको संरक्षण गर्दै वन, वन्यजन्तु र वातावरणलाई प्रभाव नपार्ने गरी पर्यटनसँग जोड्ने योजनाका साथ काम गरिएको उहाँले जानकारी दिनुभयो । यस वनका उपभोक्तालाई आयआर्जनसँग जोड्न टेवा पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सीमित स्रोतसाधनका बीच काम अघि बढाएका छौँ । ‘स्टोन पार्क’को मोडलमा यसलाई विकास गर्ने योजना छ ।”

अहिले जरामा आकृति निर्माणका लागि स्थानीय कालिगढहरूले काम गरिरहनुभएको छ । अहिले दैनिक चार जना कालिगढले जरामा विभिन्न किसिमका आकृति बनाउने काम गरिरहनुभएको छ । बालबालिकादेखि वृद्धवृद्धासम्मलाई मनोरञ्जन लिन मिल्नेगरी जरा पार्क निर्माण गर्न लागिएको हो ।

यहाँका मध्यवर्ती सामुदायिक वनहरूले पार्क निर्माण गरेर आयआर्जनका काम गर्दै आएका छन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकसमेत यस्ता पार्कमा रमाउने गरेका छन् । rss