१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

१८२ जनालाई न्यानो कपडा वितरण

१८२ जनालाई न्यानो कपडा वितरण
अ अ+ अ-

डोटी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटी चेम्बर अफ कमर्सका अध्यक्ष खेगेन्द्रबहादुर साउदले जिल्लामा चिसो बढेपछि यहाँका वृद्ध, एकल, अपाङ्गता तथा असहाय नागरिकलाई न्यानो लुगा वितरण गरेका छन् । दिपायल सिलगढी नगरपालिका–३ को वडा कार्यालयमा सोमबार कार्यक्रम आयोजना गरी उनले वडा नं १, २, ३ र ४ मा रहेका १८२ वृद्ध, एकल, अपाङ्गता तथा असहायलाई न्यानो लुगा वितरण गरेका हुन् ।

नगरपालिकाका सबै वडामा रहेका वृद्ध, एकल, अपाङ्गता तथा असहाय नागरिकलाई न्यानो लुगा वितरण गर्ने योजनाअनुसार आफूले उक्त अभियान सञ्चालन गरेको साउदले बताए । उनले भने, “चिसोबाट जोगाउन मैले न्यानो लुगा वितरण अभियान सञ्चालन गर्दै आएको छु, नगरपालिकाका सबै वडामा उक्त अभियान सञ्चालन गरिने छ ।” त्यसैगरी उनले नगरपालिकाभित्रका सामुदायिकतर्फका सबै विद्यालयका लागि रु एक लाखको विद्यार्थी अक्षयकोषसमेत स्थापना गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएर पढ्न समस्या भएका विद्यार्थीका लागि सहुलियत होस् भन्ने उद्देश्यले उक्त कोषको स्थापना गरेको उनले बताए । उनले भने, “मैले पढ्न नसक्ने अवस्था भएका तीन बालबालिकाको अभिभावकत्व पनि लिएको छु, आर्थिक अभावमा कसैको पनि पढाइ नछुटोस् भन्ने मेरो सोचाइ हो ।” उनले यसअघि दिपायलको सेती नदीमा दृश्यावलोकन स्तम्भ तथा जिल्लाका विभिन्न विद्यालयमा ‘ह्वाइट बोर्ड’ तथा विद्यार्थीलाई झोलासमेत वितरण गर्दै आएका छन् । आफ्नो व्यक्तिगत लगानीमा नगरपालिकामा रहेका वृद्ध, एकल, अपाङ्गता तथा असहाय नागरिकलाई न्यानो लुगा वितरण गर्ने साउद पहिलो व्यक्ति हुन् ।

कार्यक्रममा चेम्बर अफ कमर्सका सदस्य तथा विष्ट कष्मेटिक तथा फेन्सीका व्यापारी रामबहादुर विष्टले न्यानो लुगा लिन आएका १८२ जनालाई कोल्गेट तथा ब्रस वितरण गरेका छन् । चिसोबाट बच्नका लागि प्रदान गरिएको न्यानो लुगा पाएपछि निकै खुशी र राहत मिलेको दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ६० वर्षीया गौरी कठायतले बताए । उनले भने, “चिसोमा ओढ्ने लुगा थिएन, आज पाएँ न्यानो हुने भयो, खुशी छु ।” साउदले कम्बल तथा ब्ल्याङ्केट वितरण गरेका थिए । विगत सात वर्षयतादेखि चिसो समयमा उनले यहाँका ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गर्दै आएका छन् ।