१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

जब, ठेकेदारले काम पूरा नगरी भुक्तानी माग्न गएपछि….

जब, ठेकेदारले काम पूरा नगरी भुक्तानी माग्न गएपछि….
अ अ+ अ-

जाजरकोट । अघिल्लो वर्षमै निर्माण गरिसक्नुपर्ने सडक अहिलेसम्म हुन नसक्दा खलङ्गा– पाँचकाटिया सडकमा स्थानीयवासीले सास्ती व्यहोर्दै आएका छन् । खलङ्गा–पाँचकाटिया सडकखण्डभित्र पर्ने भेरी नगरपालिका–२ रिसाङखोलादेखि बाहुनथानासम्मको सडकमा अघिल्लो वर्ष ग्राभेल गरिसक्ने सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको डाँफे बिल्डर्सले अहिलेसम्म काम पूरा गरेको छैन । आधा गरेको काम पनि पूरै मापदण्डविपरीत गरेको पाइएको छ ।

रु ४२ लाखमा ग्राभेल निर्माण गर्ने सम्झौता गरेको डाँफे बिल्डर्सले अहिलेसम्म सो सडकखण्डभित्र नाली, पर्खाल पनि निर्माण गरेको छैन । निर्माण गरिएका सामान्य पर्खाल र नालीमा सिमेन्टभन्दा भारी मात्रामा बालुवा राखेर काम नलाग्ने अवस्था सिर्जना भएको पाइएको छ । दैनिक यो सडक भएर यात्रा गर्ने सर्वसाधारण जोखिम मोल्दै यात्रा गर्न बाध्य भए पनि बिल्डर्सले गुणस्तरीय काम गरी समयमै सक्ने कार्यमा चरम लापरवाही गरेको स्थानीयवासी पृथ्वीबहादुर खड्काले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “जथाभावी डोजर चलाएर हाम्रो जग्गा, जमीन भत्काउने काम भयो तर पर्खाल र नाली निर्माण गर्ने काम भएन ।”

अहिले ठाउँठाउँमा माटोको थुप्रो राखेर सामान्य भएको सडकसमेत यात्रा गर्न धौधौ भएको यातायात व्यवसायी धर्मबहादुर रावतले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “सरकारले बजेट दिएन किन भन्ने ? दिएको बजेटबाट राम्रो काम हँुदैन, तोकिएको समयमा ठेकेदारले काम गर्दैनन्, कसरी हुन्छ हाम्रो विकास रु सात वर्षदेखि यो सडक लथालिङ्ग छ ।” ग्राभेल गर्ने भनिएको सडकमा सडकसमेत फराकिलो नबनाउँदा दैनिक सास्ती हुँदै आएको छ । सडक डिभिजन कार्यालय रुकुमपश्चिम चौरजहारीका प्रमुख नरेन्द्र भट्टले पटकपटक ध्यानाकर्षण गराउँदा पनि काम नभएको बताउनुभयो ।

अब हर्जाना लगाएर काम लगाउने प्रयास भइरहेको भट्टको भनाइ छ । तोकिएको समयभित्र निर्माण पूरा नगर्ने, भएको सडकसमेत ज्यानमारा बनाएर बीचमा छाड्ने प्रवृत्तिका कारण विकासमा बाधा पुगेको स्थानीयवासीले बताएका छन् । बिल्डर्सका प्रतिनिधि बुद्धिबहादुर खत्री काम पूरा नगरी भुक्तानी माग्न डिभिजन कार्यालयमा गएको तर काम पूरा नभएको गुनासो आएपछि कार्यालयले भुक्तानी रोक्नुका साथै पुनः काम गर्न दबाब दिएको निर्माण व्यवसायी कृष्णविक्रम शाहले जानकारी दिनुभयो ।

यस्तै जाजरकोट खलङ्गा–पाँचकाटिया सडकखण्डको ट्र्याक खुला भएको सात वर्षभन्दा बढी भए पनि यो सडकखण्डमा यातायातका साधन गुड्न सकेका छैनन् । करीब २१ किलोमिटर लम्बाइ रहेको यस खण्डमा विभिन्न निकायको रु २१ करोडभन्दा बढी खर्च भइसकेको छ । बजेट जति लगानी गरे पनि काम पूरा नगर्दा सडकको हालत पुरानै रहेको छ । बर्सेनि राज्यको करोडाँै रकम खन्याए पनि सडकको काम प्रभावकारी नहुँदा दैनिक सार्वसाधारणले दुःख भोग्दै आएका छन् ।

जाजरकोट सदरमुकाम हुँदै पाँचकाटिया जुम्ला जोड्ने यो सडक निर्माण व्यवसायीको ढिलासुस्तीका कारण कामले गति लिनसकेको छैन । हिउँदयाममा मात्र सामान्य ट्र्याक्टर सञ्चालन भए पनि वर्षायाममा पूरै सडक अवरुद्ध हुने गरेको छ । काम पूरा नगर्ने तर लाखौँका ठेक्का लिने चलनका कारण विकास निर्माणका बाधा पुग्दै आएको छ ।