८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेसले सभामुखमा उम्मेदवारी नदिने, सापकोटा सर्वसम्मतरुपमा बन्ने



अ+ अ-

काठमाण्डौ । प्रतिनिधि सभाको सभामुख पदका लागि नेपाली काङ्ग्रेसले उम्मेदवारी नदिने भएको छ । मङ्गलबार बसेको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

बैठकले सत्तारुढ दलसँग पर्याप्त बहुमत रहेको र सभामुख पद तटस्थ रहनुपर्ने पद भएकाले आफ्नो तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेसँगै नेकपाका उम्मेदवार अग्नि सापकोटा सर्वसम्मतरुपमा सभामुख बन्ने निश्चित भएका छन् । सापकोटाले आफ्नो उम्मेदवारी दर्ता गराई सकेका छन् ।

दिउँसो साढे २ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने र एक जना महिला हुनैपर्ने संवैधानिक व्यवस्था छ ।

नयाँ सभामुख चयन गर्न आउँदो आइतबार दिउँसो ३ बजे मतदान हुँदैछ ।