१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

बालबालिकाको प्रशंसा गर्न चुक्नुभयो कि !

बालबालिकाको प्रशंसा गर्न चुक्नुभयो कि !
अ अ+ अ-

काठमाडौँ । तपाईंले कहिल्यै बालमनोविज्ञानको बारेमा सोच्नुभएको छ ? उनीहरुको आनीबानी व्यवहारको विषयमा ध्यान दिनुभएको छ ? उनीहरुले गरेका गतिविधिबारे गहिरिएर सोच्नुभएको छ ?

यदि छैन भने उनीहरुका क्रियाकलापबारे आजैदेखि ख्याल गर्ने बानी बसाल्नुहोस् । मनोविद्का अनुसार पाँच वर्षसम्म बालबालिकालाई आमाबुबाको न्यानो माया र साथ चाहिन्छ । तीन वर्षका बालबालिका जुनसुकै काम गर्न पनि अघि सर्छन् । चार वर्ष पुगेपछि आफ्नो सामानका लागि झगडा गर्न थाल्छन् । पाँच वर्षको पुग्दा अरुलाई हेप्न र हेपिन थाल्छन् । उसको होडबाजी शुरु हुन्छ । साधारणतया गलत र सही के हो भन्नेबारेमा विचार गर्न थाल्छन् । यो बेलामा अरुको नक्कल गर्ने र ठूला मान्छेले जस्तै क्रियाकलाप गर्ने रुचाउँछन् ।

चकचके र चुलबुले अवस्थामा बालबालिकाको मनोविज्ञान बुझेर काम गर्न सकिएन भने उनीहरुमा दीर्घकालीन असर हुने बताउनुहुन्छ मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना । उहाँका अनुसार नराम्रै काम गरेको भए पनि बालबालिकालाई प्रशंसा गर्नुपर्छ, ताकी उनीहरुको आत्मबल र जाँगरमा कमी नआओस् । “अभिभावकको निगरानीमा बालबालिकालाई उमेरअनुसारको काम गर्न दिनुपर्छ, दोहोरो सञ्चार गर्नुपर्छ, अरुका अगाडि राम्रा कुराको प्रशंसा गर्नुपर्छ, तब मात्रै उनीहरुको क्षमता विकास हुन्छ र आत्मबल बढ्छ, जसले भविश्यसम्मै बालबालिकालाई फाइदा पुग्छ”, डा ठगुन्नाले भन्नुभयो ।

बालविकास विज्ञका अनुसार एकदेखि तीन वर्षसम्मको बालबालिकामा वातावरण र सामग्रीमा निर्णय गर्ने अवसर पाएमा स्वतन्त्रताको अनुभूति गर्छन् भने अवसर नपाएमा शङ्का र दोधारको धारणा विकास गर्छन् । तीनदेखि छ वर्षमा नयाँ–नयाँ सीप सिक्न अग्रसर हुने हुँदा नेतृत्व लिने र निर्णय गर्ने अवसरमा अवरोध आएमा आत्मविश्वासमा कमी आई आफूप्रति नै दोषी भावना राख्दै क्रुर स्वभावको बन्न पुग्छन् ।

अध्ययनअनुसार छदेखि १२ वर्षका बालबालिका आफूले गरेका कामप्रति अरुबाट स्याबास पाउन लालायित हुन्छन् । उनीहरुको चाहना र भावना बुझेर अभिभावक, शिक्षक, समुदाय र स्याहारकर्ताले उनीहरुलाई प्रोत्साहन दिनुपर्छ । बाह्रदेखि २० वर्षमा ‘म को हुँ’ भनेर पहिचान गर्नसक्ने भएमा उनीहरुमा सकारात्मक सोचको विकास हुने विज्ञहरुको भनाइ छ । यदि नकारात्मक भयो भने द्विविधाको भावना सिर्जना भई आफैँलाई कमजोर बनाउँदै लैजान्छ ।

नेपाललगायत विकासोन्मुख मुलुकमा बालबालिकाप्रति हुने सामाजिक व्यवहार सुधार गर्नुपर्नेमा विज्ञहरुको जोड छ । पछिल्लो एक अध्ययनले प्रारम्भिकरुपमा बाल विकासमा ध्यान नपुग्दा विकासोन्मुख मुलुकमा ४३ प्रतिशत बालबालिकाको जुन तहमा व्यक्तित्व विकास हुनुपर्ने हो त्यो हुन नसकेको देखाएको छ ।

अध्ययनअनुसार विश्वमा १० देखि १८ वर्षमुनिका बालबालिकाको मृत्युको दोस्रो ठूलो कारण आत्महत्या हो । आत्महत्या कुनै न कुनै मानसिक विचलनले हुने गर्दछ । ‘‘बेलैमा बालविकासमा ध्यान नपुग्दा बालबालिकामा हुने मानसिक विचलन यसको मुख्य कारण हो’’, भन्नुहुन्छ मनोविद् डा ठगुन्ना ।

बालबालिकाको सर्वाङ्गीण विकासका लागि उनीहरुको मनोविज्ञान बुझेर अभिभावकले त्यहीअनुसारको क्रियाकलाप सञ्चालन गर्नुपर्ने प्रारम्भिक बाल विकासविज्ञ मीनाक्षी दाहाल बताउनुहुन्छ । “अहिले हाम्रो ध्यान उपचारमा केन्द्रित छ तर त्योभन्दा पहिले समस्या आउनै नदिन प्रचारात्मक कार्यक्रम गर्न जरुरी हुन्छ”, डा दाहाल थप्नुहुन्छ ।

प्रारम्भिक बालविकासको सिद्धान्तले बालबालिकालाई गर्भावस्थादेखि आठ वर्ष हुँदासम्म विशेष महत्व दिएर उनीहरुका सर्वाङ्गीण विकासमा मद्दत पुग्ने गरी लालनपालन तथा हेरचाह गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । यसका लागि आमाबुबा र घरपरिवारको हेरचाह आवश्यक पर्छ ।

प्रतिकूल वातावरणले बालबालिकाका लागि मानसिक र संवेगात्मक पक्षको विकासमा क्षति हुने र उचित ढङ्गले मनो–सामाजिक पक्षको विकास हुँदैन । घरेलु हिंसा, उपेक्षित र स्याहार नपुगेका बालबालिकामा अन्यको तुलनामा मानसिक र व्यावहारिक समस्या देखापर्छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठ बाल क्षमता विकासमा पारिवारिक वातावरण हुनु जरुरी रहेको बताउनुहुन्छ । उहाँले अझै पनि मुलुकमा प्रारम्भिक बालविकासलाई ध्यान दिन नसकेको महसुस भएको बताउँदै अब बन्न लागेको सङ्घीय शिक्षा ऐनले सम्बोधन गर्ने आशा व्यक्त गर्नुभयो ।

बालबालिकाले भनेका कुरा सक्रियरुपमा सुन्ने, उनीहरुसँग कुरा गर्दा सम्मानसूचक शब्दहरु प्रयोग गर्ने, सकारात्मक व्यवहारको प्रशंसा गर्ने, भावनात्मक रुपमा उनीहरुसँग नजिक हुने, उनीहरुको व्यवहारप्रति सकारात्मक प्रतिक्रिया देखाउने, बचन पूरा गर्ने व्यवहार विकासका लागि वातावरण सिर्जना गर्ने, बालबालिकालाई नै जिम्मेवारी दिने, चुनौतीपूर्ण अवस्थाको सामना गर्न तयार बनाउने र रमाइलो वातावरण सिर्जना गर्नसके उनीहरुको क्षमता विकासमा सकारात्मक प्रभाव पर्छ ।

सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाका अध्यक्ष पूर्वसचिव जयराम गिरीले प्रारम्भिक बाल विकासका लागि संस्थाले ‘बालमनोविज्ञान तथा व्यवहार विकाससम्बन्धी चित्रात्मक सहयोगी पुस्तिका’ प्रकाशन गरेको जानकारी दिनुभयो । पुस्तक सबैका लागि उपयोगी हुने खालको रहेको उहाँको भनाइ छ । पुस्तकको आज शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले विमोचनसमेत गर्नुभएको छ ।

प्रारम्भिक बाल विकासविज्ञ डा दाहालले पुस्तक बालबालिकाको क्षमता विकासका लागि पुस्तक उपयोगी रहेको बताउनुहुन्छ । चित्र र विज्ञका लेख समावेश गरी बनाइएको पुस्तक हरेक बाल विकास केन्द्र र सहयोगी कार्यकर्ताका लागिसमेत उपयोगी छ । सेतो गुराँसले बालविकासका लागि आज काठमाडौँमा एक अन्तक्र्रियात्मक कार्यक्रमसमेत आयोजना गरेको थियो ।