१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु

त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
अ अ+ अ-

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले स्थापनाकालदेखि हालसम्म बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय केन्द्रित रहेको परीक्षा प्रणालीलाई प्रदेशमा विकेन्द्रित गरेको छ ।

विद्यार्थीले वर्षौंदेखि देशका जुनसुकै कुनाबाट परीक्षा दिन पाउनुपर्ने माग गर्दै आएका थिए । पछिल्लो साता विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनले परीक्षा नियन्त्रण कार्यालय परिसरमा धर्ना दिएका थिए । त्यसपछि कार्यालय प्रशासनले उनीहरुसँग सहमति गरेको छ ।

परीक्षालाई क्रमशः विकेन्द्रित र सूचना प्रविधिमा आधारित बनाउँदै लैजान यसपटक काठमाडौँमा यही माघ १८ देखि तय भएको तीन वर्षे स्नातक तहको मौका परीक्षालाई  माघ २५ गतेदेखि विद्यार्थीको सम्बद्ध प्रदेशमै दिन पाउने व्यवस्था मिलाइएको छ ।

‘काठमाडौँमा हुने भनिएकोमा परीक्षार्थीहरुलाई पर्ने असुविधा तथा आर्थिक भारलाई मध्यनजर गर्दै पूर्ववत सूचनाअनुसार हुने भनिएको परीक्षा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय अन्तर्गत न्यूनतम एउटा परीक्षा केन्द्र रहने गरी २०८२ साल माघ २५ गतेदेखि सञ्चालन हुने’, सूचना प्रकाशन गरी जनाइएको छ ।

यसअनुसार मानविकी तथा सामाजिक शास्त्र, शिक्षा शास्त्र, व्यवस्थापन सङ्काय तथा विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका परीक्षार्थीले आंशिक वा मौका परीक्षा दिन पाउने छन् ।

“परीक्षालाई विकेन्द्रित गर्दै लैजान यसो गरेका हौँ,” परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले भन्नुभयो । तीन वर्षे स्नातकजस्तै अन्य परीक्षालाई पनि यथासम्भव प्रदेशबाट गराइने उहाँले जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापति दीपकराज जोशीले विद्यार्थीसँग भएको सहमतिअनुरुप परीक्षा प्रणाली सुधारमा ढिलो भइरहेको बताउनुभयो । रासस