१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

पहिलोपटक प्रतियोगितात्मक गाई प्रदर्शनी गरिँदै

पहिलोपटक प्रतियोगितात्मक गाई प्रदर्शनी गरिँदै
अ अ+ अ-

काठमाडौँ। नेपालमा पहिलोपटक प्रतियोगितात्मक गाई प्रदर्शनी हुने भएको छ ।

काठमाडौँमा आज पत्रकार सम्मेलनमार्फत चितवनको भरतपुरमा ‘पहिलो अन्तरराष्ट्रिय डेरी एक्स्पो २०८२’ अन्तर्गत प्रतियोगितात्मक गाई प्रदर्शनी गर्न लागिएको आयोजक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले जानकारी दिनुभयो ।

चितवन उद्योग सङ्घ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडको संयुक्त आयोजनामा यही माघ २५ देखि २९ गतेसम्म अन्तरराष्ट्रिय डेरी एक्स्पो २०८२ आयोजना हुन लागेको र सोही कार्यक्रममा गाई प्रदर्शनी गरी पुरस्कार प्रदान गर्न लागिएको हो ।

बगालेले भन्नुभयो, “देशभरबाट गाई ल्याउनका लागि किसानहरुलाई अनुरोध गरिएको छ, त्यसमा आकर्षक, तथा गाईका लागि आवश्यक आहारविहार, स्वास्थ्य अवस्था सबै हेरेर प्रतियोगितात्मक गाई प्रदर्शनी गर्न लागिएको हो । पहिलो अनुभव हो, यसबाट गाईपालन प्रवद्र्धनका साथै नेपालमा पनि उन्नतस्तरका गाईहरु छन् भनेर देखाउन खोजिएको छ ।”

प्रतियोगितामा विजयी हुने गाईपालक किसानले रु २० हजार, दोस्रो हुनेले रु १५ हजार र तेस्रो हुनेले रु १० हजार नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

अध्यक्ष बगालेले डेरीका उत्पादन र उद्यमशीलता प्रवद्र्धन, डेरी उत्पादन प्रक्रिया र वितरणमा नवीनतम प्रविधि तथा अभ्यासलाई प्रोत्साहित गर्दै साना किसान, उद्योगी र व्यापारीलाई व्यावसायिक सञ्जाल, तालिम, अनुदान र उद्यमशीलताको अवसर प्रदान, गुणस्तर र जागरूकता वृद्धि, उपभोक्तालाई डेरी उत्पादनको महत्व बुझाउन पहिलोपटक अन्तरराष्ट्रिय प्रदर्शनी गर्न लागिएको जानकारी दिनुभयो ।

यसमा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान र भुटानका उत्पादन र प्रविधिको समेत प्रदर्शनी हुने जनाइएको छ । रासस