२० भाद्र २०८३, शनिबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सञ्चारमाध्यमको वर्गीकरणलाई व्यवहारिक बनाउनुपर्ने आवश्यकता छ’



अ+ अ-

नेपालगन्ज। प्रेस काउन्सिलका अध्यक्ष डा कुमार शर्मा आचार्यले पत्रपत्रपत्रिका तथा सञ्चारमाध्यमको वर्गीकरणलाई व्यवहारिक बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

आज नेपाल पत्रकार महासङ्घ, बाँकेले यहाँ आयोजना गरेको ‘आम सञ्चारमाध्यम र आचारसंहिता कार्यान्वयन’ विषयक अन्तक्र्रियामा उहाँले वर्गीकरणमा देखिएका विकृतिलाई समाधान गर्न प्रयत्न गरिने बताउनुभयो ।

अध्यक्ष  आचार्यले वर्गीकरणको वास्तविक अवस्था के छ भन्ने बुझ्न अनुगमनको पाटो सशक्त हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रपत्रिका तथा सञ्चारमाध्यमलाई चिन्न सकेमात्र वर्गीकरण वास्तविक हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी जनशक्ति नभएका कारण ठाउँठाउँमा पुग्न सकेका छैनौँ त्यसैले इमान्दारिता प्रस्तुत गर्ने पछि परेका छन् र हामीले पनि न्याय गरिरहेका छैनौँ ।” वर्गीकरणको आधार पत्ता लगाएर यसलाई परिमार्जन गर्न खोजिरहेको उल्लेख गर्दै अध्यक्ष आचार्यले आस्थाका आधारबाट पुरस्कार वितरण गर्ने काम बन्द गरिने बताउनुभयो ।

हामीले योगदान र योग्यताका आधारमा पुरस्कार वितरण गर्छौं र विधागत पत्रकारिताका आधारमा पनि पुरस्कार वितरण गर्न सकिन्छ उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पत्रकारितामा गल्ती सच्चाउने तत्परता हुन जरुरी छ ।”

नेपाल पत्रकार महासङ्घ, लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारितामा आचारसंहिताको पालनाले मर्यादित पत्रकारितालाई टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बाँकेका अग्रज पत्रकार कृष्ण अधिकारीले आमसञ्चारमाध्यमलाई वर्गीकरणका आधारमा अनुदान दिने काम बन्द गर्न काउन्सिललाई आग्रह गर्दै त्यसबाट सुधारको अपेक्षा गर्न सकिने बताउनुभयो ।

यसअघि अध्यक्ष आचार्यले आज सञ्चार संवादको कार्यालय शुभारम्भ गर्नुभएको थियो । रासस