१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
अ अ+ अ-

काठमाडौँ। छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा न्यून भए पनि सतर्क रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले छिमेकी देशका घटनालाई मध्यनजर गर्दै पूर्वतयारीका कदमस्वरूप देशभरका स्वास्थ्य संस्था तथा निकायहरूलाई सतर्क गराइएको र निपाह भाइरसको परीक्षण एल्गोरिदम (अन्तरिम) तयार गरिएको जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनद्वारा विश्वव्यापी तथा दक्षिण–पूर्वी एसिया क्षेत्रीयस्तरमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्याङ्कन गरे पनि मन्त्रालयले सतर्क रहन आग्रह गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख डा प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालय नागरिकहरूको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको र आवश्यक सबै कदमहरू चालिरहेको जानकारी गराउनुभयो । उहाँले सबैलाई नआत्तिन तर सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गर्नुभएको छ ।

प्रवक्ता बुढाथोकीले भन्नुभयो, “आत्तिनुपर्ने अवस्था छैन, तर सतर्क रहनुपर्छ । त्यसैले सबैले फलफूल राम्ररी पखालेर मात्र खाने, तरकारी राम्रोसँग पकाएर खाने, सफा र सुरक्षित पानी उमालेर मात्र पिउन आवश्यक छ । जनावरका गोठ तथा फार्म सफा राख्ने, मासु काट्दा पन्जा र मास्क प्रयोग गर्ने, बेला–बेलामा साबुनपानीले हात धुने तथा भीडभाडमा जाँदा मास्क लगाउनेजस्ता जनस्वास्थ्य मापदण्डहरू पालना गर्नुपर्छ ।”

प्रवक्ता डा बुढाथोकीले कुनै शङ्कास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ मा तुरुन्त सम्पर्क गर्न आग्रह गर्नुभएको छ । चिकित्सकका अनुसार निपाह भाइरस सङ्क्रमित चमेराको ¥याल, पिसाब वा मलमूत्रले दूषित भएको फलफूल सेवन गर्दा सङ्क्रमण हुनसक्छ । साथै सङ्क्रमित व्यक्तिको रगत, थुक, पिसाब वा नजिकको सम्पर्कबाट तथा चमेराबाट सुँगुर हुँदै पनि मानिसमा सङ्क्रमण सर्न सक्ने डा बुढाथोकीले बताउनुभयो ।

ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, बान्ता हुने तथा गम्भीर अवस्थामा होस हराउनेजस्ता शङ्कास्पद लक्षण देखिएमा बिरामीको शीघ्र पहिचान, ‘आइसोलेसन’, रिपोर्टिङ तथा सङ्क्रमण रोकथाम तथा नियन्त्रण मापदण्ड कडाइका साथ पालना गर्न गराउन पनि स्वास्थ्य मन्त्रालयले सबैसँग अनुरोध गरेको छ । रासस