३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

स्वदेशमै निर्मित १४ सिटर चार पाङ्ग्रे ईभी सार्वजनिक गर्ने तयारी

स्वदेशमै निर्मित १४ सिटर चार पाङ्ग्रे ईभी सार्वजनिक गर्ने तयारी
अ+ अ-

काठमाडौँ । सुन्दर अटो इन्जिनियर प्रा.लि.ले नेपालमै एसेम्बल गरिएको १४ सिटर चार पाङ्ग्रे विद्युतीय सवारी साधन (ईभी) सार्वजानिक गर्ने तयारी गरेको छ ।

कम्पनीले आउँदो हप्ताभित्र काठमाडौंको सडकमा नेपालमा नै उत्पादीत ईभीको परीक्षण गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष भेष थापाले जानकारी दिनुभयो । उहाँले नेपालमा ११ र १४ सिट क्षमताका सवारी साधन एसेम्बल गर्ने लक्ष्यसहित सवारी एसेम्बल गर्न शुरु गरिएको बताउनु भयो । कम्पनीले २०७६ भदौ २३ गतेदेखि काठमाडौंमा सार्वजनिक बस सेवा सञ्चालन गर्दै आएको छ ।

ईभी सवारीको प्रवद्र्धन गर्ने सोचसहित कम्पनीले नेपालमा पहिलोपटक सुन्दर चार्जिङ स्टेशन स्थापना गरेर सञ्चालनमा ल्याएको थियो । सोही क्रममा तीन पाङ्ग्रे सवारीलाई सुरक्षित र व्यवस्थित चार पाङ्ग्रे सवारीमा रूपान्तरण गर्ने अवधारणा विकास भएर नयाँ सवारी एसेम्बल गर्ने कार्य अगाडी बढाएको अध्यक्ष थापाले जानकारी दिनुभयो । नेपालमै सवारी साधन एसेम्बल गर्ने लक्ष्यसहित विभिन्न देशमा अध्ययन तथा कम्पनी भ्रमणपछि यो परियोजना अघि बढाइएको उहाँले बताउनु भयो । ६० प्रतिशतभन्दा बढी पार्टपूर्जा नेपालकै र बाँकी आवश्यक सामग्री भारत र चीनबाट ल्याएर गाडी एसेम्बल गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले नेपालमा ११ सिटर, १४ सिटर गाडीलाई एसेम्वल गरेर अहिले रहेको तीन पाङ्ग्रे सवारी साधानलाई चार पाङ्गेमा रुपान्तरण गर्र्ने अवधारणा बनायौँ । सोहीअनुसार चार पाङ्ग्रे सवारीसाधान एसेम्वल गर्नको लागी विभिन्न ठाउँबाट हामीले गएर अध्ययन ग¥यौँ । विभिन्न कम्पनीहरुमा भ्रमण गर्दा हामीले पनि बनाउन सक्छौँ भन्नेमा हामी पुग्यौँ । हामीले आफ्नै देशको समाग्री प्रयोग गरेर ६० प्रतिशत बडी बनाउन सक्यौँ । बाँकी केही सामानहरु भारत र चीनबाट ल्याएर एसेम्वल गरि हामी अहिले अन्तिम अवस्थामा पुगेका छौँ । हामी अब आउँदो हप्ताभित्र काठमाडौंको सडकमा यो सञ्चालन गरेर देखाउनेछौँ ।’  
तीन पाङ्ग्रे सवारीमा हुने भीडभाड र दुर्घटनाको जोखिम कम गर्न चार पाङ्ग्रे सवारी आवश्यक रहेको उहाँले बताउनु भयो । यसले ट्राफिक जाम कम गर्न समेत सहयोग पुग्ने उहाँको भनाई छ । उहाँकाअनुसार यो सवारी निर्माणको अन्तिम चरणमा छ, अब काठमाडौंको सडकमा परीक्षण गरेर यातायात व्यवस्था कार्यालयमा दर्ताका लागि लैजाने उहाँले जानकारी दिनुभयो ।

सवारीको विशेषता

सुन्दर अटो इन्जिनियर प्रा.लि.ले निर्माण गरेको १४ सिटर ईभीमा एसी, पंखा जडान गर्न मिल्ने, सिसा जडित संरचना रहेको छ । सवारीले १४ यात्रु र प्रतिव्यक्ति ५० केजी भारसहित १७ डिग्री उकालो चढ्नसक्ने क्षमता राख्दछ । मुख्य रूपमा सहर केन्द्रित यो सवारी काठमाडौं उपत्यका, तराई तथा देशका प्रमुख शहरमा सञ्चालन गर्न उपयुक्त रहेको कम्पनीका अध्यक्ष थापाले जानकारी दिनुभयो । भविष्यमा यसलाई दुर्गम क्षेत्रसम्म पुग्नेगरी विकास गर्ने योजना रहेको थापाले सुनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले बनाएको गाडीमा १४ जना अट्नेछन् । गाडीमा एसी, पंखा राख्न मिल्छ । बाहिर सिसा जडित छ, यो वातावरणमैत्री सवारी सधान त भइहाल्यो, ट्राफिक जाम पनि यसले कम गर्छ । आफ्नै देशमा उत्पादित विद्युतबाट सञ्चालित हुने भएकोले त्यसमा पनि राहत छ । यो १४ जना बोकेर १७ डिग्री क्षमतामा चढ्न सक्छ । १४ जनामा पनि हामीले प्रतिव्यक्ति अर्को ५० केजी जोडेका हुन्छौँ । हामीले उपत्यकाभित्र ६५ केजी व्यक्तिको वजन राखेको छौँ ।’ 

एक सवारी निर्माण गर्न सात दिनको समय लागेको अध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँकाअनुसार नेपालमा नै उपलब्ध जनशक्तिले यो सवारीको एसेम्बल गरिएको हो । ठूलो परिमाणमा उत्पादन गर्दा दुई दिनमै सवारी तयार गर्न सकिने अध्यक्ष थापाले बताउनु भयो । उहाँकाअनुसार गाडीको डिजाइन भारतमा तयार गरिएको हो भने गाडीको बडी डिजाइन, वायरिङ र अधिकांश संरचना नेपालमै तयार गरिएको हो ।  ‘हामीले प्रयोग गरेका सबै पार्टपुर्जामा एनएस प्रमाणपत्र प्राप्त सामग्री मात्रै प्रयोग गरेका छौँ,’ उहाँले भन्नुभयो । 

भैरहवामा कार एसेम्बल भएपनि सार्वजनिक यातायातका लागि १४ सिटर ईभी सवारी उत्पादन गर्ने पहिलो प्रयास आफूहरूले गरेको थापाको दाबी छ । सरकारले गाडीलाई मान्यता र सहजीकरण गरिदिए आउँदो वर्ष ठूलो संख्यामा यस्ता सवारी उत्पादन गर्न सक्ने उहाँले बताउनु भयो । उहाँले सवारीको मूल्य भने सरकारी परीक्षणपछि सार्वजनिक गरिने जानकारी दिनुभयो ।

कानून नै सबैभन्दा ठूलो वाधक

ईभी सवारी उत्पादन तथा एसेम्बलमा कानूनी जटिलता मुख्य चुनौती बनेको थापाको भनाइ छ । नेपालमा बनेका पुराना कानुनको परिमार्जन नहुँदा नवप्रवर्तकको लागि समस्या भएको उहाँले बताउनु भयो । प्रविधिको विश्वव्यापी युगमा नेपालको कानून भने समयसापेक्ष नभएको अध्यक्ष थापाले गुनासो गर्नुभयो ।
‘अरू देशमा नवप्रवर्तनलाई कानुनले हौसला दिन्छ, तर नेपालमा भने एसेम्बल गरेर स्वदेशमै रोजगारी सिर्जना गर्न खोज्दा भन्सार, भ्याटलगायत विभिन्न करले निराश बनाइन्छ,’ उहाँको गुनासो छ । 

सरकारले राम्रो काम गर्नेहरूलाई प्रोत्साहन गर्नुपर्नेमा नीतिगत रूपमा हतोत्साहित गर्ने अवस्था रहेको उहाँले बताउनु भयो । उहाँले कानून परिवर्तनशील भएपनि नेपालमा भने एक पटक बनाएको कानून कहिल्यै फेर्न हुँदैन भन्ने सोचले विकास रोकिएको थापाको आरोप छ । अध्यक्ष थापाले वर्तमान सरकारप्रति भने केही आशा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब सात दिनभित्र हामी यो गाडी सडकमा ल्याएर यातायात विभागमा लैजान्छौँ, त्यसपछि सरकारले कस्तो सहयोग गर्छ, हेरौँ ।’ 
अध्यक्ष थापाले गाडी एसेम्बल गर्ने नीति भएपनि त्यसलाई सहजीकरण गर्न आवश्यक छ । यस्तै पेट्रोल र डिजेलबाट चल्ने सवारीलाई ईभीमा रुपान्तरण गर्ने अहिलेको व्यवस्था पनि अव्यवहारिक रहेको उहाँले बताउनु भयो । उहाँकोअनुसार हाल तीन वर्षका लागि मात्र ईभी बनाउन दिने प्रावधान छ । ‘कसले तीन वर्षका लागि १०–१५ लाख खर्च गरेर ईभी बनाउँछ ?’ उहाँको प्रश्न छ ।