१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

आईसीपीको प्रधामन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीदवारा संयुक्त उद्घाटन

आईसीपीको प्रधामन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीदवारा संयुक्त उद्घाटन
अ अ+ अ-

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका बुधनगरमा बनेको एकीकृत जाँच भन्सार विन्दु (आईसीपी) को प्रधामन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

मंगलबार भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री ओलीले सिंहदरवारबाट र भारतीय प्रधानमन्त्री मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट एकैसाथ स्वीच थिचेर आईसीपी उद्घाटन गर्नुभएको हो । भारतको सहयोगमा निर्माण भएको आईसिपी उद्घाटन सँगै यसको स्वामित्व नेपालसँग आएको छ । आईसिपी सुचारु भएसँगै निर्यात लागत घट्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताउनुभयो । पार्किङ स्थल, जाँच पोष्टसहितका सेवाहरु एकै ठाउँबाट उपलब्ध हुने भएपछि आयात र निर्यातकर्तालाई सहज हुने उहाँको भनाई छ ।

मन्त्री भट्टले सुख्खा बन्दरगाहको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न ११ गते अध्ययन टोली त्यसतर्फ जाने बताउनुभयो । हेटौडा देखि वीरगञ्जसम्मा सुख्खा बन्दरगाहको अध्ययन गर्ने र भैरहवा औद्योगिक क्षेत्रको पनि अध्ययन गरी तत्काल देखिएका समस्याहरु निराकरण गरिने उहाँले बताउनुभयो । मन्त्री भट्टले सुनौली, नेपालगञ्ज लगायतका ठाउँमा पनि आईसीपी निर्माणका लागि योजना अगाडी सारिएको बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आईसीपी निर्माणपछि खर्च व्यवस्थान हुने र सामानको सुरक्षामा सहयोग पुग्ने बताउनुभयो । कम मूल्य मै आवश्यक वस्तुहरु आयात निर्यात गर्न सकिने धारणा राख्दै श्रेष्ठले नेपालगञ्ज लगायतका क्षेत्रमा पनि छिटो निर्माण भए सबैतिर सुलम मूल्यमा मालसामान पुग्ने बताउनुभयो । आईसीपीबाट नेपाल र भारत दुबै देशले फाइदा लिन सक्ने बताउनुहुँदे उहाँले नीति क्षेत्रका तर्फबाट धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

सन् २००५ मा नेपाल र भारत सरकारबीच दुवै देशका सिमानामा पर्ने विभिन्न क्षेत्रहरुमा आइसीपी निर्माणको सहमति भएको थियो । उक्त सहमति अनुसार वीरगञ्जमा दुई वर्ष अघि नै आईसीपी निर्माण भइसकेको छ । मंगलबारबाट विराटनगरमा निर्माण भएको आइसीपी सञ्चालनमा आएको छ । अब भैरहवा र नेपालगञ्ज नाकामा निर्माण गर्न बाँकी रहेको छ ।

नुवाकोट र गोरखामा निर्माण भइरहेका ५० हजार निजी आवासको काम छिट्टै सकिने पनि भारतीय प्रधानमन्त्री मोदीले बताउनुभएको छ । भूकम्पपछिको पुनर्निमाणमा ५० हजार निजी आवास निर्माण गरी नेपाललाई हस्तान्तरण गर्ने योजना अनुसार अहिलेसम्म ४५ घर निर्माण भएका छन् । प्रधानमन्त्री ओलीसँग मंगलबार भिडियो कन्फ्रेन्समा भएको वार्ताका क्रममा ती घरहरु छिट्टै नेपाललाई हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।