१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार करोड मूल्य बराबरको धान खरिद



अ+ अ-

महेन्द्रनगर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय जनकपुरधामले विगत दुई महिना किसानबाट रु चार करोड सात लाख ६४ हजार २९० मूल्य बराबरको धान खरिद गरेको जनाएको छ ।

कार्यालयका अनुसार महोत्तरी र धनुषा जिल्लाका २४० किसानबाट हालसम्म ११ हजार २३५ क्विन्टल सोना मन्सुली धान खरिद गरिएको हो । प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसाको दरले ११ हजार २३५ क्विन्टल धान खरिद गरिएको कार्यालयका प्रादेशिक प्रमुख निर्मल थापाले बताउनुभयो । गत मङ्सिर २८ गतेदेखि धान खरिद सुरु गरिएको र हालसम्म सो परिमाणको धान खरिद भइसकेको कार्यालयका प्रमुख थापाले बताउनुभयो ।

उहाँका अनुसार यस वर्ष धान बिक्रीका लागि धनुषा र महोत्तरीका ठूलो सङ्ख्यामा किसानले कार्यालयमा नाम दर्ता गराएको छ । बजार मूल्यभन्दा यस कार्यालयबाट धान खरिद मूल्य बढी भएकाले धान बिक्री गर्ने किसान आउने क्रम बढेको उहाँको भनाइ छ ।

बजारमा रु ३ हजार प्रतिक्विन्टल धान खरिद बिक्री भइरहेको छ । कम्पनीले प्रतिकिसान अधिकतम ५० क्विन्टलसम्म धान खरिद गर्दै आएको भए पनि स्थानीय तहको सिफारिसका आधारमा केही किसानबाट करिब ५५ क्विन्टलसम्म धान खरिद गरिएको सहायक प्रबन्धक गङ्गाप्रसाद साहले जानकारी दिनुभयो ।

धानको भुक्तानी भने सरकारले किसानको बैंक खातामै पठाउने व्यवस्था गरेको छ । कार्यालयका अनुसार कम्पनीको गोदाम नजिक दुईवटा काँटा राखी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म किसानले ल्याएको धान खरिद भइरहेको छ । हालसम्म धनुषा र महोत्तरी जिल्लाका २४० जना किसानले स्थानीय तहको सिफारिसमा धान बिक्री गरिसकेका छन् ।

धान बिक्री गर्ने किसानमध्ये धनुषाको लक्ष्मीनिया गाउँपालिका, नगराइन नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका तथा महोत्तरीको बलवा नगरपालिकाका किसानको सङ्ख्या बढी रहेको उहाँले बताउनुभयो । यस वर्ष कार्यालयले १३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको वरिष्ठ सहायक जयकिशुनप्रसाद चौधरीले जानकारी दिनुभयो ।

सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसा तोकेको छ । धान खरिदअघि गुणस्तर परीक्षण गर्ने गरिएको र गुणस्तरीय धान मात्र खरिद भइरहेको कार्यालयको गुणस्तर शाखाकी अधिकृत सरला प्रजापतिले जानकारी दिनुभयो । रासस