१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा मिथिला चित्रकला तालिम



अ+ अ-

काठमाडौँ । सेफ सन्तोष साह, सुडी महिला कल्याण समाज र रोटरी न्यातपोलको सहकार्यमा काठमाडौँमा आयोजना गरिएको मिथिला चित्रकला तालिम सम्पन्न भएको छ ।

मिथिला कलाप्रति रुचि राख्ने युवा, महिला तथा बालबालिकालाई लक्षित गरी आयोजित तालिमका सहभागीलाई आधारभूत चित्रकला सीप, डिजाइन र रङ संयोजनका बारेमा प्रशिक्षण गराइएको थियो । तालिममा ३० जनाभन्दा बढी सहभागी थिए ।

कार्यक्रम सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मिथिला चित्रकलासँग मिथिलाको इतिहास र संस्कृति जोडिएकाले यसको संरक्षण गर्न अत्यावश्यक रहेको बताउनुभयो । “कलालाई आम्दानीको स्रोतसँग जोड्न सकेमा मात्र यसलाई पुस्तान्तरण गर्न पनि सहज हुन्छ । त्यसैले यसलाई आम्दानीसँग जोड्नका लागि पनि यस्तो तालिम आवश्यक हुन्छ । संस्कृतिलाई जगेर्ना गर्नका लागि चालेको यस कदमप्रति विशेष आभार व्यक्त गर्दछु ।”

तालिममा सहभागी दिया पोखरेलले आफूलाई मिथिला पेन्टिङप्रति रुचि भएको उल्लेख गर्दै तीन दिनसम्म सञ्चालन भएको तालिमबाट धेरै ज्ञान सिकेको बताउनुभयो ।

सहभागी कलाकार रामेश्वर चौरसियाले आफूले जीवनमा पहिलोपटक मैले यसरी रङ र क्यानभासको अनुभव लिएको बताउनुभयो । परीक्षार्थीलाई प्रतिभा मिश्र, शारदा झा, सोनाम कर्ण, प्रिया पुर्वे, अदिती झालगायतका प्रशिक्षकले प्रशिक्षण दिनुभएको थियो ।