१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

भारतीय बजेटले अर्थतन्त्रमा कस्तो असर पार्ला ?

भारतीय बजेटले अर्थतन्त्रमा कस्तो असर पार्ला ?
अ अ+ अ-

काठमाडौँ । भारत सरकारले ल्याएको केन्द्रिय बजेट २०२६/२७ ले नेपालको अर्थतन्त्र, कृषि, व्यापार, पर्यटन र उपभोक्ता स्तरमा मिश्रित प्रभाव पार्ने देखिएको छ ।

आर्थिक पत्रकार समाजको कार्यक्रम वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहालले  भारतले आगामी आर्थिक वर्षका लागि नेपाललाई ८ अर्ब भारतीय रुपैयाँ अनुदान छुट्ट्याएको र यो गत वर्षको शुरुवाती बजेटभन्दा १ अर्ब बढी रहेको बताउनु भयो । उहाँले  गत वर्षको संशोधित अनुमान भन्दा यो बजेट कम रहेको बताउनु भयो ।

उहाँकाअनुसार भारतले कृषिमा उच्च मूल्यका वस्तुहरूलाई प्राथमिकता दिने घोषणा गरेको छ । तर युरिया, डीएपी जस्ता मलखादका लागि अनुदान केही कटौती गरिएको छ । यसले नेपालमा औपचारिक रूपमा भारतबाट आयात हुने मलको लागत बढ्नसक्छ । भारतले कृषि प्रविधि र बीउ–बिजनमा ठूलो लगानी गर्ने बताएको छ, जसको फाइदा नेपालले लिन सक्छ । तर नेपालको आन्तरिक उत्पादनले भारतसँग प्रतिष्पर्धा गर्न नसकेको अवस्थामा भारतीय कृषि उपज सस्तो भए नेपालको उत्पादकलाई थप चुनौती थपिनेछ ।

वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट दाहालले भन्नुभयो –‘८ अर्ब अनुदान दिने भनेर भारतले आगामी वर्षका लागि ल्याएको बजेटमा छुट्टाएको छ । यसरी हेर्दा गत वर्षको भन्दा १ अर्ब बढि हो । तर गत वर्ष बजेटमा छुट्टाइएको बजेटको संशोधित अनुमान ३० करोड भारु छुट्टाएका कारण अहिले छुट्टाएको बजेट संशोधित अनुमान भन्दा कम हो । शुरुवाती तुलनामा हेर्दा बढि नै देखिन्छ । भारतले कृषि क्षेत्रमा बढि मूल्यका वस्तुहरुलाई प्राथमिकता दिने भनेर कुरा गरेको छ । तर गत वर्ष युरिया, डिएपीसहित मलखादजस्ता वस्तुहरुका लागि छुट्टाइएको अनुदान केही कटौती गरिएको छ । यसले हाम्रो सीमावर्ती बजारमा औपचारिक रुपमा भारतबाट नेपालमा मल ल्याउँदै गर्दा लागत बढ्नसक्छ । भारतले कृषि प्रबिधिमा ठूलो खर्च गर्ने बताएका छ, त्यसको असर नेपाललाई प्रत्यक्ष पर्नेछ । बिउविजन, प्रविधिमा भारतले ठूलो लगानी गर्ने भनेको छ, यसको फाइदा नेपालले लिनसक्छ । यसको फाइदा कृषि क्षेत्रमा लिन सक्नेछौँ ।’

क्यान्सर जस्ता रोगका औषधीमा कर घटाइएको छ, जसले नेपालमा आयात हुने यस्ता औषधिको लागत घट्न सक्ने उहाँको भनाइ छ । नेपाल भारत चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्री (नक्की) का अध्यक्ष सुनिल केसी ले भारतको यो बजेटलाई नेपाल–भारतबीचको व्यापार र पारवहन सम्झौताको सन्दर्भमा हेर्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार भारतीय बजेटको आकार ५३.५ ट्रिलियन डलर बराबरको छ, जुन भारतको हालसम्मकै ठूलो हो । नेपालले भारतसँग अघि नै छलफल गरेर प्रभावकारी रणनीति बनाउनुपर्छ । यसले नेपाललाई बढी अनुदान वा सहयोग दिलाउन सक्छ ।

नेपाल भारत चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्री (नक्की) का अध्यक्ष सुनिल केसीले भन्नुभयो– ‘नरेन्द्र मोदी नेतृत्वको सरकारले १२ औँ बजेट प्रस्तुत गरेको छ । भारतमा वित्तिय प्रणालीको स्थीरता कायम गर्न सफल भएको छ । अहिले ल्याइएको बजेटको आकार ५३.५ टिलियन डलर बराबरको छ । भारतको हालसम्मकै ठूलो बजेट हो । विश्वको ठूलो अर्थतन्त्र भएको देशको बजेटका रुपमा महत्वका साथ हेरिएको छ । नेपालभारतबीच दुई पक्षिय व्यापार र पारबाहन सम्झौता हुँदै आएको छ । भारतले बजेट ल्याउँदा नेपालले भारतसँग छलफल गर्न जरुरी हुन्छ । कहाँ कसरी बजेट छुट्टाउने र हाम्रो रणनीति केहो त्यसमा भारतसँग छलफल गरेर छुट्टाउँदा प्रभावकारी हुन्छ ।’

भारतले विद्यालय, एम्बुलेन्स, गाडी दिने गरेको छ । अब एन्टरप्रेनरसिप, दक्ष जनशक्ति विकास र ऊर्जामा पीपीपी मोडलमा ट्रान्समिशन लाइन बनाउन भारतीय कम्पनीसँग सहकार्य गर्नुपर्ने उहाँको सुझाव छ ।