१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

सरकारले कुनैपनि निकायमाथि अवाञ्छित दबाब दिएको छैनः प्रधानमन्त्री कार्की

सरकारले कुनैपनि निकायमाथि अवाञ्छित दबाब दिएको छैनः प्रधानमन्त्री कार्की
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी तथा सार्वजनिक निकाय तथा नियमनकारी संस्थामाथि कुनैपनि किसिमको अवाञ्छित दबाब नदिएको दाबी गर्नुभएको छ ।

राष्ट्रिय सभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सो दाबी गर्नुभएको हो ।

अन्तरिम सरकारले मितव्ययितालाई उच्च प्राथमिकता दिएकै कारण स्रोत साधनको दुरुपयोग धेरै हदसम्म नियन्त्रणमा आएको उहाँको भनाइ छ । उहाँले सरकारी तथा सार्वजनिक  निकायहरूले पूर्ण रूपमा व्यावसायिक स्वतन्त्रताका साथ कानुनअनुसार काम गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले सार्वजनिक संस्थाहरूले स्वतन्त्र रूपमा काम गर्न पाएको परिणाम देखिन थालेको पनि दाबी गर्नुभयो । प्रधानमन्त्री कार्कीले सुशासन कायम गर्न अब कुनैपनि नागरिक सडकमा आउनुपर्ने अवस्था नआओस् भन्ने दिशामा सबै पक्ष सधैँ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘ यो सरकार गठन भएपछि मितव्ययितालाई हामीले प्रमुखताका साथ अंगीकार गर्यौँ । तसर्थ स्रोतसाधनको दुरुपयोग धेरै हदसम्म रोकिएको छ । हामीले अनावश्यक सुविधा लिएका छैनौँ ।  सार्वजनिक निकाय र नियमनकारी संस्थाहरुले कानूनबमोजिम गर्ने काममा कुनै प्रकारको अवाञ्छित दबाब दिएका छैनौँ । पूर्णरुपमा व्यावसायिक स्वतन्त्रताका साथ ती निकायहरुले काम गरिरहेका छन् । त्यसका केही परिणाम अहिले देखिएका छन् । केही दीर्घकालमा देखिने गरी हामीले जग बसालेका छौँ । र यस वर्षका घटनालाई पाठको रुपमा लिँदै आगामी दिनमा कसैले पनि स हुनुपर्दछ । यसका लागि सत्ताको मोहमा मग्न हुने होइन, विधिको शासनप्रति हाम्रो निष्ठा अटुट हुनुपर्दछ ।’

उहाँले राजनीतिक दलहरु सत्ताको मोहमा मग्न नभई विधिको शासनप्रति अटुट निष्ठाका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।