१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

बैंकहरुले सहुलियतपूर्ण कर्जा प्रवाह नबढाए राष्ट्र बैंकले कारबाही गर्ने : डेपुटी गभर्नर शिवाकोटी

बैंकहरुले सहुलियतपूर्ण कर्जा प्रवाह नबढाए राष्ट्र बैंकले कारबाही गर्ने : डेपुटी गभर्नर  शिवाकोटी
अ अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकहरुले सहुलियतपूर्ण कर्जा प्रवाह नबढाए राष्ट्र बैंकले कारबाही गर्ने बताउनुभएको छ ।

मंगलबार कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै डेपुटी गभर्नर शिवाकोटीले आउने अससार मसान्त सम्ममा कृषि कर्जा बाहेक तोकिएका अन्य कर्जामा प्रत्येक बैंकले कम्तीमा पनि ५ सय जनालाई सहुलियत ब्यजादरको कर्जा उपलब्ध नगराए आर्थिक जरिवाना गर्ने नीति लागू गर्ने विषयमा राष्ट्र बैंकमा छलफल भइरहेको बताउनुभयो । उहाँले कृषि विकास बैंक सरकारको बैंक भएर पनि सरकारका नीतिहरु पालना नगरेको आरोप समेत लगाउनुभयो । ‘सहुलियत कर्जामा जाने कर्जा नेपाल सरकारले सुरक्षण गरिदिएको अवस्था छ, सुरक्षणवापतको दस्तुर नेपाल सरकारले ७५ प्रतिशत तिरेको छ, यो कर्जा डुब्यो भने नेपाल सरकारले ग्यारेन्टी पनि बसिदिएको छ, तर सहुलियत कर्जा वितरणको अवस्थालाई हेर्दा अत्यन्त दयनिय अवस्था छ यसले गर्दा खेरी कृषि विकास बैंक सरकारको बैंकले सरकारले ल्याएको कार्यक्रम लागू गर्न तपाईहरुलाई के ले बाधा प¥यो यो कुरामा हामी यहाँ हरुलाई छुट गर्ने छैनौं’ उहाँले भननुभयो । उहाँले कृषि विकास बैंक भएकाले पनि सहुलियत कर्जा ५ अर्ब मात्र दिएका छौं भन्न नहुने बताउनुभयो ।

कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले देशको गरिबी निवारणमा महत्वपूर्ण भूमिका बैंकले खेलेको बताउनुभयो । उहाँले सर्वसाधारणलाई बैंकिङ पहुँचमा ल्याउन बैंकले महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत बताउनुभयो । उहाँले १० लाख भन्दा कमको कर्जाको भार ८४ प्रतिशत हुनुले यसलाई पुष्टि गर्ने बताउनुभयो ।

कार्यक्रममा बैंकर्स संघका अध्यक्ष भुवन दाहालले कृषि विकास बैंकले व्यवसाय विस्तारमा गरेको उपलब्धी र उत्कृष्ट वाणिज्य बैंकहरुमध्ये तेस्रो हुन सफल भएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले निजी क्षेत्रका वाणिज्य बैंकका कर्मचारीहरुले जस्तै नाफाको १० प्रतिशत बोनस खान पाए अझै राम्रो हुने बताउनुभयो । ‘हामी प्रइभेट सेक्टरमा कामगर्ने बैंकका मान्छेहरुले नाफाको १० प्रतिशत बोनस खान्छौं तर सरकारी बैंकहरुमा काम गर्ने मान्छेहरु हामीसँगै प्रतिस्प्रधा गर्नुहुन्छ एकाधिकार पनि छैन तर ५ प्रतिशत मात्रै बोनस पाउनुहुन्छ यहाँ मैले ध्यानाकर्षण गराउँछु बैंकको यसमा सायद अन्याय पो हो की भन्ने पनि ध्यानाकर्षण गराउँछु , र माननीय अर्थमन्त्री ज्यू पनि यहिँ हुनुहुन्छ वहाँलाई पनि म विशेष अनुरोध गर्दछु जो सँग प्रतिस्प्रधा गरिराख्नुभएको छ वहाँहरुलाई समान व्यवहार भयो भने राम्रो हुन्छ जस्तो लाग्छ ।’

कृषि विकास बैंकले अहिले सम्म १ खर्ब २७ अर्ब निक्षेप संकलन गरेको छ भने कर्जा लगानी १ खर्ब १७ अर्ब पु¥याएको छ । बैंकले कुल कर्जाको ८४ प्रतिशत १० लाख भन्दा कमको साना तथा मझौला कर्जा रहेको जनाएको छ । त्यस्तै बैंकले सात वर्षका लागि १० दशमलव ३५ प्रतिशत ब्याजदरमा प्रति ऋणपत्र १ हजार अंकित मूल्यमा २५ लाख कित्ताले हुने २ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘एडिबिएल–कृषि बैंक ऋणपत्र २०८३’ निष्कासन गर्ने तयारी समेत गरेको छ ।