९ असार २०८३, मंगलवार
,
Latest
सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ यज्ञमणि न्यौपानेद्वारा रास्वपाको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी पूर्णरुपमा तटस्थ, व्यवसायिक र कानूनअनुसार मात्रै परिचालित हुनेछ: गृहमन्त्री अर्याल



अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न निर्वाचनलाई भयमुक्त गराउने गरी आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउन प्रहरीलाई निर्देशन दिनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित सोमबार काठमाडौँमा आयोजित नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

गृहमन्त्री अर्यालले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयमुक्त र विश्वसनीय रुपमा सम्पन्न गराउनका लागि प्रहरीहरुको भुमिका अझै प्रभावकारी हुनुपर्ने बताउनु भयो । उहाँले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर नेपाल प्रहरीले विगतमा जस्तै आफ्नो व्यवसायिक दक्षता प्रमाणित गरेर देखाउने विश्वास समेत व्यक्त गर्नुभयो ।

गृहमन्त्री अर्यालले भन्नुभयो,‘आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभाको निर्वाचन लोकतन्त्रको महत्वपूर्ण परीक्षा हो । निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयमुक्त र विश्वसनीय तवरबाट सम्पन्न गराउन नेपाल प्रहरीको भुमिकालाई थप प्रभावकारी बनाउनु होला । गृह मन्त्रालयको स्पष्ट निर्देशन छ–नेपाल प्रहरी पूर्णरुपमा तटस्थ, व्यवसायिक र कानूनअनुसार मात्रै परिचालित हुनेछ । कुनै पनि तत्वले नेपाल प्रहरीको निष्पक्षतालाई कमजोर पार्न पाउनेछैन । विगतमा जस्तै नेपाल प्रहरीले यस पटकको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न गरेर आफनो व्यवसायिक दक्षता प्रमाणित गर्नेछ भन्ने पूर्ण रुपमा विश्वास लिएको छु ।’

त्यस अवसरमा गृहमन्त्री अर्यालले नेपाल प्रहरी पूर्ण रुपमा तटस्थ, व्यवसायिक र कानून अनुसार चल्ने भएकाले उसको निष्पक्षमाथि कसैले पनि प्रश्न उठाउन सक्ने बताउनु भयो । उहाँले कुनैपनि तत्वको दबाबमा नेपाल प्रहरी नपर्ने समेत बताउनु भयो ।