३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

यो चुनाव नेपाली लोकतन्त्रको एउटा उदाहरणीय र मानक बन्नु बन्नुपर्दछ: प्रधानमन्त्री कार्की

यो चुनाव नेपाली लोकतन्त्रको एउटा उदाहरणीय र मानक बन्नु बन्नुपर्दछ: प्रधानमन्त्री कार्की
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउनका लागि नेपाल प्रहरीको भुमिका संवेदनशील र निर्णायक हुने बताउनुभएको छ ।

सोमवार काठमाडांैमा आयोजित नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनलाई उत्तरदायी लोकतान्त्रिक यात्राको कोशेढुंगाको संज्ञा दिँदै त्यसलाई सुनिश्चित गर्नु राज्यको दायित्व भएको तथ्य पनि स्मरण गराउनु भयो । उहाँले आसन्न निर्वाचन नेपाली लोकतन्त्रको एउटा उदाहरणीय र मानक बन्नुपर्ने समेत बताउनु भयो । प्रधानमन्त्री कार्कीले निर्वाचनमा कुनैपनि नागरिक घाइते हुन नहुनेतर्फ पनि प्रहरीहरुलाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो,‘आसन्न फागुन २१ को निर्वाचन हाम्रो उत्तरदायी लोकतान्त्रिक यात्राको एक कोशेढुंगा हो । स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चित गर्नु राज्यको दायित्व हो । जसमा नेपाल प्रहरीको भुमिका अत्यन्त संवेदनशील र निर्णायक हुन्छ । यस सन्दर्भमा म तपाईहरुलाई आग्रह गर्दछु–कुनै राजनीतिक प्रभाव, दवाव वा पूर्वाग्रहबाट माथि उठेर कानूनको मर्मअनुसार आफनो जिम्मेवारी पूरा गर्नुहोस । तपाईहरुको निष्पक्षताले लोकतन्त्रको सुरक्षाकवज हो । यसै सन्दर्भमा मैले भन्ने गरेको एउटा कुरा यहाँ दोहो¥याउन चाहन्छु–यो चुनाव नेपाली लोकतन्त्रको एउटा उदाहरणीय र मानक बन्नु बन्नुपर्दछ । चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन । एक जना पनि घाइते हुनुहुँदैन । र साथसाथै यसमा पनि प्रष्ट हुनुहोस्–तपाईहले कर्तव्य पालनाको सिलशिलामा सबै व्यवसायिक क्रियाकलापको जिम्मा राज्यले लिन्छ ।’

प्रधानमन्त्री कार्कीले प्रहरीहरुलाई कुनैपनि राजनीतिक दबाब, प्रभाव र पूर्वाग्रहभन्दा माथि उठेर काम गर्न पनि निर्देशन दिनुभयो ।