१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

सरकारको लाचार प्रवृत्तिले खोला दोहन तीव्र, गिटी बालुवामा माफियागिरी

सरकारको लाचार प्रवृत्तिले खोला दोहन तीव्र, गिटी बालुवामा माफियागिरी
अ अ+ अ-

भद्रपुर । स्थानीय सरकारको लाचार प्रवृत्तिले खोला दोहन तीव्र हुँदै गएको पाइएको छ । प्राकृतिक श्रोत परिचालन तथा नदी जन्य सामग्री उत्खनन् नियमावली विपरित भद्रपुर, हल्दिवारी र विर्तामोड स्थानीय सरकारले नदी तथा खोला दोहन गर्ने कार्य रोक्न नसकेको पाइएको हो ।

प्राकृतिक श्रोत संरक्षणमा स्थानीय सरकार कडाइका साथ प्रस्तुत हुन नसक्दा व्यवसायीले मनपरी रूपमा खोला दोहन गर्ने कार्य गर्दा समेत रोक्न नसकेको अवस्था छ । भद्रपुर नगरपालिका, हल्दिवारी गाउँपालिका र विर्तामोड नगरिपालिकाको सिमानामा रहेको देउनिया खोलामा लगाइएको खोला ठेक्का सम्झौता विपरित जेसिभी प्रयोग गरी गिटी बालुवा निकाल्ने काम भइरहेको छ । विर्तामोड ७, र ८, हल्दिवारी २ र ३ तथा भद्रपुर १०, ७, ४ नम्बर वडाका विभिन्न स्थानबाट दिन दहाडै डोजर प्रयोग गरी ट्रिफरमा गिटी बालुवा उठाइने गरे पनि स्थानीय सरकार रमिते भूमिकामा प्रस्तुत भइरहेको स्थानीय बासिन्दा बताउने गर्छन् । खेलामा रहेका दर्जनौ गहिरा खाडलहरूले नियम विपरित गिटी बालुवा निकालिने गरेको पुष्टि गरिरहेका छन् । यस कार्यले गिटी बालुवामा माफियागिरी चलाएर एकछत्र कमाउने प्रवृत्ति दरिलो हुँदै गएको प्रष्ट्याएको छ । स्थानीय सरकारले कारवाही गरेजस्तो मात्र गरेर अबैध उत्खनन्लाई संरक्षण गरिरहेको प्रत्यक्षदर्शी बताउने गर्छन् । कतिपय स्थानमा व्यवसायीले उत्खनन गर्न अनुमती नलिइकन निर्माण सामग्री उत्खनन् गरिरहेको भए पनि स्थानीय सरकार बेखवर बस्ने गरेको छ ।

वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन सम्झौता विपरित मनपरी तरिकाले खोला उत्खनन् हुने गरेको प्रत्यक्षदर्शी स्थानीयले बताए । खोलाबाट गिटी, वालुवा निकालेर खोलाकै डीलमा स्टक गरेर राखिएको छ । जुन काम अबैध तथा नियम विपरित हो । कुनै पनि नदीजन्य सामग्री निकालेर खोलाको बगर भन्दा ५ सय मिटर परै राख्नु पर्ने कानुनी प्रावधान समेत मिचेर खोलाकै किनारमा राखिँदा समेत स्थानीय सरकार बेखर पाइएको छ । देउनिया खोलाका अधिकाम्स स्थानमा ट्रिपर र स्काभेटर प्रयोग गरी दोहोन गर्ने काम भइरहे पनि स्थानीय तहले कारवाही गरेको छैन । आइईई प्रतिवेदन अनुसार नदीजन्य सामग्री उत्खनन् गर्दा लम्बाई ५ सय मिटर, चौडाई ४० मिटर र गहिराई १ मिटर प्रयोग गर्न पाइने प्रावधान छ । तर, देउनिया खोलाका अधिकाम्स स्थानमा यस नियम विपरित नपरी रूपमा उत्खनन् गर्ने काम भइरहेको छ । जेसिभी हालेर उठाइएका सामग्री खोला बन्दको समयमा बिक्री गर्ने उद्देश्यले थुपारिएको एक स्थानीयले नाम नछाप्ने सर्तमा बताए । यो सरासर दोहोरो भष्ट्रचार हो उनले भने जनप्रतिनिधिको नियत नै खराब रहेको उनले आरोप लगाए । प्राकृतिक सम्पदा जर्गेना गर्ने उद्देश्यले असारदेखि भदौ महिनासम्म खोलाबाट नदीजन्य सामग्री उत्खनन गर्न पाइदैन । खोला खुलेका बेला निर्माण सामग्री ठेकेदारले जम्मा गरेर राख्ने गरेका छन् । जसका लागि नियम विपरित उत्खनन् भइरहेको छ ।

यता भद्रपुर नगरपालिका प्रशासनको भने देउनिया खोलामा नियम विपरित उत्खनन्मा संलग्न आधादर्जन बढी सवारी साधन तथा सञ्चालक कारवाहीमा परिसकेको दाबी छ । नगर सरकारको यस दावीलाई स्थानीय भने देखाउने दाँत मात्र भएको भन्दै खोला दोहन नरोकिएको बताउँछन् ।
नदीजन्य सामग्री गिटी, बालुवा आदि पदार्थ अव्यवस्थित ढंगले निकाल्ने काम भइरहेको छ । यसबाट एकातिर वातावरणीय क्षय भइरहेको छ भने अर्कोतिर आफ्ना आसेपासे पोस्न राजनीतिक प्रभावको प्रयोग भइरहेको देखिन्छ । संघीयताको अहिलेको प्रयोग भनेको केन्द्रले अहिलेसम्म वास्ता नगरेका स्थानीय सरकारले आफ्नो ठाउँको विकास आफैं गरून् भन्ने मान्यतालाई कमाइखाने भाँडो बनाउन स्थानीय सरकार लागिपरिरहेको अवस्थाले पुष्टि गर्छ । त्यसका निम्ति स्थानीय सरकारहरू गर्ने अनुगमन समेत बुद्धिमत्तापूर्ण प्रयोगले नगरेको अवस्था छ । राम्रो काम गरेर यी पालिका सरकारहरू अन्य पालिकाहरूका निम्ति उदाहरण समेत बन्न पाउने अवसर गुमाएरहेका छन् । त्यसका निम्ति क्षणिक स्वार्थमा परेर यी निकायलाई दुरुपयोग नगरियोस् भन्ने स्थानीयको आग्रह छ । कतिपय स्थानीय तहले आफ्ना क्षेत्रलाई व्यवस्थित तुल्याउने काम पनि गरिरहेका छन् । कतिपय स्थानीय सरकारले विकास निर्माणका काममा गति पनि दिइरहेका छन् । केन्द्रको तुलनामा स्थानीय तहले बढ्ता प्रभावकारी भूमिका निर्वाह गरेको पनि देखिएको छ । तर, केही पालिकाले स्थानीय नदीजन्य स्रोतको दोहन रोक्न चिम्लिएका आँखा हेर्दा मिलिभगतको गन्ध आइरहेको छ ।

यस्ता घटनाले भने वातावरणीय क्षेत्रमा चिन्ता बढाएको छ । डोजर लगाई नदी दोहनलाई तीव्र पार्नु आफैंमा चिन्ताजनक अवस्था हो । स्थानीय तहले झन् स्रोतसाधनको सदुपयोग गरी प्रयोगमा ध्यान पु¥याउनु पर्ने जिम्मेवारी हो । वातावरण बिग्रेला कि भनेर पनि बढ्ता होसियार हुनु पर्ने हो । स्थानीय तहले नीति विगारेर प्रकृति विनास गरे भने पनि राज्यका अन्य निकायले रोक्न सक्छन् भन्ने मान्यता समेत झापामा कायान्वयनमा ल्याउन नसकेको अवस्थाले देखाउँछ । अधिकार प्राप्त निकायले आफ्नो भूमिका बढाउनु पर्ने हो । तर, स्थानीय प्रहरी र प्रशासनले आँखा चिम्लेको देखिएको छ । एउटा गुणस्तरीय शासन व्यवस्थामा सन्तुलन र नियन्त्रण हुन्छ । कुनै एउटा निकायले गडबडी गर्न खोज्दा अरूले भए पनि त्यसलाई सच्याउन तत्पर हुनुपर्छ । यस मान्यता विपरित झापाका नदीजन्य सामग्री उत्खनन्का नाममा दोहन भइरहेको प्रष्ट छ ।