२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्युरोको गोलमा सिटीको जित



अ+ अ-

ईङ्लिस प्रिमियर लिग फुटबलमा मंगलबार राति भएको खेलमा म्यान्चेष्टर सिटीले जित हात पारेको छ । खेलमा सिटीले सेफिल्ड युनाईटेडलाई १–० गोल अन्तरले हराएको हो । सिटीलाई जित दिलाउन खेलको ७३ औं मिनेटमा सर्जियो अग्युरोले गोल गरेका थिए ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अग्युरोले सिटीका लागि गोल गरेका हुन् । पछिल्ला तीन खेलमा अग्युरोको यो छैटौ गोल हो । ग्याब्रियल जिससको पेनाल्टी प्रहार घरेलु टोलीका गोलकिपर डेन हेन्डरसनले रोकिदिँदा सिटीले अग्रता लिने अवसर गुमाएको थियो । ।

जितपछि सिटी ५१ अंक सहित तालिकाको दोस्रो स्थानमा रहेको छ । सेफिल्ड ३३ अंक सहित तालिकाको सातौ स्थानमा छ ।