१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिक्त सभामुख पदमा काँग्रेसले उमेदवार नउठाएकोमा नेता केसी असन्तुष्ट



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा नेपाली काँग्रेसले उम्मेदवारी नदिएकोप्रति नेता अर्जुननरसिंह केसीले असन्तुष्टि जनाएका छन् । उनले पार्टी प्रतिस्पर्धाबिहीन हुनुले भ्रमित बनाएको पनि टिप्पणी गरेका छन् । केसीले सामाजिक सञ्जालमार्फत प्रमुख प्रतिपक्षले सत्ताको भाग, अंश र सौदाबाजी गर्ननहुने र साथै संविधानको रक्षा, भ्रष्टाचार, विधिहिनता, महँगी, बेरोजगारी र जनसरोकारका विषयमा सशक्त भूमिका गर्ने हो भनेका छन् ।

उनले भनेका छन्, ‘कहिले नीतिमा सहमति र अहिले सभामुख प्रतिस्पर्धा विहिनहुनुले स्थिति भ्रमित बनाएको छ।’

काँग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले सभामुख साझा हुने भन्दै काँग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको थियो । सभामुखमा नेकपाको तर्फबाट अग्नि सापकोटाको उम्मेदवारी रहेको छ । उपसभामुखमा भने अब को रहन्छन् भन्ने विषय थाती नै छ ।