२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

उदयपुर सिमेन्टमा अर्बौं भ्रष्टाचार, पूर्व महाप्रबन्धक सहित आठ जना विरुद्ध मुद्दा दायर

उदयपुर सिमेन्टमा अर्बौं भ्रष्टाचार, पूर्व महाप्रबन्धक सहित आठ जना विरुद्ध मुद्दा दायर
अ अ+ अ-

काठमाडौं: उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगका लागि क्लिन्कर खरिदमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले पौडेलबाट रु. १२ करोड ४७ लाख २२ हजार बिगो मागदाबी गरेको छ ।

यसैगरी उक्त प्रकरणमा उद्योगका तत्कालीन निमित्त महाप्रबन्धक नवल किशोर साहलाई रु. ४६ करोड ५२ लाख ७४ हजार तथा तत्कालीन नायब महाप्रबन्धक महेश प्रसाद काफ्लेलाई रु. १२ करोड ६३ लाख ६९ हजार बिगो दाबी सहित मुद्दा दायर गरिएको छ ।

त्यस्तै, तत्कालीन उत्पादन महाशाखा प्रमुख संजय कुमार लाल, तत्कालीन भण्डार महाशाखा प्रमुख महेश प्रसाद साह, तत्कालीन कलिङ्कर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, तत्कालीन सिमेन्ट उत्पादन विभाग प्रमुख हरि प्रसाद अधिकारी र तत्कालीन बिक्री विभाग प्रमुख राम बहादुर जी।सी। बाट जनही रु. ४६ करोड ५२ लाख ७४ हजार बिगो दाबी गरिएको छ ।

अख्तियारले भनेको छः

उदयपुर सिमेण्ट उद्योग लिमिटेडमा सिमेन्ट अनियमितता भएको भनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको छानविन प्रतिवेदनबाट देखिएको तथा उक्त व्यहोरा महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनबाट समेत देखिएको, क्लिङ्करको खपत बढी तर उत्पादन घटी रहेको देखाइएकोले सक्कल कागजात झिकाई छानबिन गरी दोषीमाथि कारवाही हुन भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा प्रतिवादीहरूको आपसी मिलेमतोमा लाभ लिने तथा उदयपुर सिमेन्ट उद्योग लिमिटेडको सार्वजनिक सम्पत्ति बदनियत राखी आर्थिक वर्ष २०७४/७५ मा वार्षिक मौज्दात विवरणमा क्लिङ्कर ३३,९१४ मेट्रिक टन रहेको भनी अभिलेख देखिएकोमा उदयपुर सिमेन्ट उद्योग लिमिटेडबाटै भौतिक परीक्षण गरी मिति २०७५/०६/१२ मा पेश भएको भौतिक परीक्षण प्रतिवेदनबाट ३२,७८५ मेट्रिक टन क्लिङ्कर मात्र मौज्दात रहेको देखिएकोबाट उक्त आर्थिक वर्षमा जम्मा १,१२९ मेट्रिक टन वास्तविक हुनपर्ने भन्दा अश्वभाविक घटी मौज्दात देखिएको, उक्त क्लिङ्करको लागत मूल्य रु. १०,१०६.५९ प्रति मेट्रिक टन रहेको देखिएबाट वास्तविक हुनपर्ने मौज्दात भन्दा अस्वाभाविक घटी देखिएको १,१२९ टन क्लिङ्करको जम्मा रु. १,१४,१०,३४०.११ रकम बरावरको सार्वजनिक सम्पत्ति हिनामिना हानीनोक्सानी तथा मासेको तथ्य स्थापित भएको देखिएको, आर्थिक वर्ष 2075/076 मा वार्षिक मौज्दात विवरणमा क्लिङ्कर ४४,४९५ मेट्रिक टन रहेको भनी अभिलेख देखिएकोमा उदयपुर सिमेन्ट उद्योग लिमिटेडबाटै भौतिक परीक्षण गरी मिति 2076/07/03 मा पेस गरेको भौतिक परीक्षण प्रतिवेदनबाट ३४,२९५ मेट्रिक टन क्लिङ्कर मात्र मौज्दात रहेको देखिएकोबाट उक्त आर्थिक वर्षमा जम्मा १०,२०० मेट्रिक टन वास्तविक हुन पर्ने भन्दा अश्वभाविक घटी मौज्दात देखिएको, उक्त क्लिङ्करको लागत मूल्य रू. ११,१०९।०१ प्रति मेट्रिक टन रहेको देखिएबाट प्रतिवादीहरूको आपसी मिलेमतो तथा योजनामा बदनियत राखी वास्तविक हुन पर्ने मौज्दात भन्दा अस्वाभाविक घटी देखिएको १०,२०० टन क्लिङ्करको रू. ११,३३,११,९०२।०० रकम वरावरको सार्वजनिक सम्पत्ति हिनामिना हानीनोक्सानी तथा मासेको तथ्य स्थापित भएको।

आर्थिक वर्ष २०७६/७७ मा वार्षिक मौज्दात विवरणमा क्लिङ्कर ५०,९७५ मेट्रिक टन रहेको भनी अभिलेख देखिएकोमा उदयपुर सिमेन्ट उद्योग लिमिटेडबाटै भौतिक परीक्षण गरी मिति २०७७/०९/१६ मा पेस गरेको भौतिक परीक्षण प्रतिवेदनबाट ३९,४५० मेट्रिक टन क्लिङ्कर मात्र मौज्दात रहेको देखिएकोबाट उक्त आर्थिक वर्षमा जम्मा ११,५२५ मेट्रिक टन वास्तविक हुनपर्ने भन्दा अश्वभाविक घटी मौज्दात देखिएको, आ.व. २०७६/७७ सम्म घटी देखिएको ११,५२५  मेट्रिक टन क्लिङ्करबाट आ.व. २०७५/७६ मा घटी देखिएको १०,२०० मेट्रिक टन घटाउँदा आ.व. २०७६/७७ मा मात्र १,३२५ मेट्रिक टन क्लिङ्कर घटी रहेको देखिएको, उक्त क्लिङ्करको लागत मूल्य रू. १२,२६१ प्रति मेट्रिक टन रहेको देखिएबाट आर्थिक वर्ष २०७६/७७ मा मात्र उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा प्रतिवादीहरूको आपसी मिलेमतो तथा योजनामा बदनियत राखी वास्तविक हुन पर्ने मौज्दात भन्दा अस्वाभाविक घटी देखिएको १,३२५ टन क्लिङ्करको रू.१,६२,४६,७१२ रकम वरावरको सार्वजनिक सम्पत्ति हिनामिना हानीनोक्सानी तथा मासेको तथ्य स्थापित भएको देखिएको, मिति २०७७ पौष मसान्तमा मौज्दात विवरणमा क्लिङ्कर ५५,३८५ मेट्रिक टन रहेको भनी अभिलेख देखिएकोमा उदयपुर सिमेन्ट उद्योग लिमिटेडबाटै भौतिक परीक्षण गरी मिति २०७७/१०/१३ मा पेस गरेको भौतिक परीक्षण प्रतिवेदनबाट १७,७४५ मेट्रिक टन क्लिङ्कर मात्र मौज्दात रहेको देखिएकोबाट उक्त समय सम्ममा जम्मा ३७,६४०  मेट्रिक टन वास्तविक हुनपर्ने भन्दा अश्वभाविक घटी मौज्दात देखिएको, उक्त परिमाणमा आ.व. २०७६/७७ सम्म घटी देखिएको ११,५२५ मेट्रिक टन घटाउँदा मिति २०७७ साउन १ गते पौष मसान्त सम्ममा मात्र २६,११५ मेट्रिक टन क्लिङ्कर घटी रहेको देखिएको, उक्त क्लिङ्करको लागत मूल्य रू. १२,४१८ प्रति मेट्रिक टन रहेको देखिएबाट वास्तविक हुन पर्ने मौज्दात भन्दा अस्वाभाविक घटी देखिएको २६,११५ टन क्लिङ्करको रू. ३२,४३,०५,४७१ रकम वरावरको सार्वजनिक सम्पत्ति हिनामिना हानीनोक्सानी तथा मासेको तथ्य स्थापित भएको देखिएको,

उदयपुर सिमेन्ट उद्योग लिमिटेडको संचालक समितिका सदस्यको संयोजकत्वमा गठित उपसमितिले मिति २०७८/१२/०१ मा पेस गरेको प्रतिवेदनबाट आ.व. २०७७/७८ को लेखापरीक्षण प्रतिवेदनले औँल्याएका ३७,६४० मेट्रिक टनको रू. ४६,७४,१३,५२०।–को क्लिङ्कर मौज्दात घटी रहेको सम्बन्धमा नेपाल सरकारले नियुक्त गरेको उद्योगको प्रमुख कार्यकारी अधिकृत (महाप्रवन्धक) ले प्रचलित कानून अनुसार आफ्नो कर्तव्य पालना गरी सञ्चालक समिति र सरकारलाई सुसूचित गर्नुपर्नेमा उल्लिखित आर्थिक वर्षहरूमा जिम्मेवारी पूरा नगरेको, यसको सम्पूर्ण जिम्मेवारी तत्कालीन कार्य गर्ने महाप्रवन्धकहरूले लिनुपर्ने र जिम्मेवार बनाउनुपर्ने उल्लेख भएको देखिएबाट प्रस्तुत भ्रष्टाचारजन्य कार्यमा उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रवन्धक सुरेन्द्र कुमार पौडेल र निमित्त महाप्रवन्धक नवल किशोर साहसमेत सम्मका प्रतिवादीहरूको मिलेमतोमा आ.व. २०७४/७५ देखि २०७७ पौष मसान्तसम्म क्लिङ्कर हिनामिना, हानिनोक्सानी तथा मास्ने कार्य गरे गराएको देखिएको, उदयपुर सिमेण्ट उद्योग लिमिटेड, सञ्चालक समितिको मिति २०७८/१२/१७ गते, १०२८ औँ बैठकको निर्णयबाट क्लिङ्कर मौज्दातमा फरक परी महालेखापरीक्षकबाट समेत प्रारम्भिक प्रतिवेदनमा औँल्याइएको र क्लिङ्करको वित्तीय विवरण तथा यथार्थ भौतिक परिमाण अध्ययन उपसमितिको सुझाव समेतलाई आधार लिई थप कारवाही अघि बढाउन र उठान भएको विषयलाई टुङ्गोमा पुर्‍याउन उपसमितिको प्रतिवेदन सहित श्री उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरी क्लिङ्कर हिनामिना तथा हानीनोक्सानी भएको ठहर गरी मन्त्रालयलाई छानविनका लागि पठाएकोमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार, काठमाडौँको उपसचिव समेतले मिति २०७९/०८/११ गते पेस गरेको  छानबिन प्रतिवेदनबाट उदयपुर सिमेन्ट उद्योग लिमिटेडको तथ्याङ्क/कागजात अनुसार वि.सं. २०७४ श्रावणदेखि २०७७ पौष मसान्तसम्म उत्पादन भएको क्लिङ्करको मौज्दात रेकर्ड अनुसारको क्लिङ्कर उत्पादन ३,६३,७२० टन र खपत भएको चुनढुङ्गाको परिमाण ५,०१,९७८ टनको रहेको देखिँदा क्लिङ्करः चुनढुङ्गाको अनुपात ०.७२५ रहेको तर उद्योगबाट प्राप्त कागजातअनुसार देखिएको भौतिक परिमाणमा घटि देखिएको ३७,६४० टन क्लिङ्कर कट्टा गर्दा प्राप्त हुने क्लिङ्करः चुनढुङ्गाको अनुपात ०.६४९ असामान्य र निकै घटी रहेको देखिएबाट ३७,६४० मेट्रिक टन क्लिङ्कर हिनामिना, हानिनोक्सानी तथा मासेको तथ्य प्रमाणित भएको भन्नेसेमत व्यहोराको प्रतिवेदन देखिएको।

यसरी, उदयपुर सिमेण्ट उद्योग लिमिटेड, प्रधान कार्यालय, जलजले, उदयपुरका तत्कालीन महाप्रवन्धक सुरेन्द्र कुमार पौडेल, निमित्त महाप्रवन्धक नवल किशोर साह, नायव महाप्रवन्धक महेश प्रसाद काफ्ले, उत्पादन महाशाखा प्रमुख संजय कुमार लाल, भण्डार महाशाखा प्रमुख महेश प्रसाद साह, क्लिङ्कर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख हरि प्रसाद अधिकारी, बिक्री विभाग प्रमुख राम बहादुर जी.सी. समेतको आपसी मिलेमतो तथा योजनामा आफू समेतका प्रतिवादीहरूलाई लाभ र नेपाल सरकार/सार्वजनिक संस्था/उदयपुर सिमेन्ट उद्योग लिमिटेडलाई हानी पुर्‍याउने वदनियतले राष्ट्रसेवक प्रतिवादीहरूले आफ्नो जिम्माको सार्वजनिक सम्पत्ति राष्ट्रसेवक पद तथा ओहदाको दुरूपयोग गरी गराई बदनियत राखी क्लिङ्करको मासिक तथा वार्षिक मौज्दात अभिलेख, भौतिक परीक्षणबाट देखिएको परिमाण, महालेखापरीक्षकको कार्यालयको लेखापरीक्षण प्रतिवेदन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार, काठमाडौँको छानबिन प्रतिवेदन समेतका आधारमा घटी देखिएको आ.व. २०७४/७५ को  १,१२९ मेट्रिक टन क्लिङ्करको लागत मूल्य रू. १,१४,१०,३४० (एक करोड चौध लाख दश हजार तीन सय चालीस रूपैयाँ एघार पैसा), आर्थिक वर्ष 2075/076 को 10,200 मेट्रिक टन क्लिङ्करको लागत मूल्य रू.११,३३,११,९०२ (एघार करोड तेत्तीस लाख एघार हजार नौ सय दुई), आर्थिक वर्ष २०७६/७७ को १,३२५ मेट्रिक टन क्लिङ्करको लागत मूल्य रू.१,६२,४६,७१२ (एक करोड बैसट्ठी लाख छयालिस हजार सात सय बाह्र रूपैयाँ पचहत्तर पैसा)  र मिति २०७७ साउन १ देखि २०७७ पौष मसान्तसम्मको २६,११५ मेट्रिक टन क्लिङ्करको लागत मूल्य रू.३२,४३,०५,४७१ (बत्तीस करोड त्रिचालीस लाख पाँच हजार चार सय एकहत्तर रूपैयाँ चार पैसा) गरी कुल जम्मा ३८,७६९ मेट्रिक टन क्लिङ्करको लागत मूल्य रू. ४६,५२,७४,४२६ (छयालीस करोड बाउन्न लाख चौहत्तर हजार चार सय छव्वीस रूपैयाँ छव्वीस पैसा) सार्वजनिक सम्पत्ति क्लिङ्कर हिनामिना, हानिनोक्सानी तथा मासेको तथ्य स्थापित भएको देखिंदा प्रतिवादीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसूरजन्य कार्य भएको हुँदा निजहरूलाई देहाय बमोजिमको कसूरमा देहाय बमोजिम सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।