• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   पसिना–पसिना हुँदै चोर्न गएको चोर एसीको हावामा मस्त निदाए, प्रहरीले उठाउँदा पनि उठेनन् ★   यूएन पार्क–कुपण्डोल खण्डको पिच सडकबाट सारियो बत्तीको पोल ★   सुशान्त सिंह राजपुतको घरमा सरिन् अदा शर्मा ★   हुलाकी सडक: अङ्कुराउँदै छन् समृद्धिका सपना ★   वैदेशिक ऋण लिएर संघीयता धान्ने कुरा गलत छ: चित्रबहादुर केसी ★   १२ वर्षपछि टी–२० विश्वकपमा पहिलो सुपर ओभर ★   चोयामा सीप भरेर आत्मनिर्भर बनेकी घोराहीका ढाटु चौधरी ★   अर्थमन्त्रीले बजेट कार्यान्वयनको पक्षलाई बलियो बनाउनुपर्छ: रास्वपा सांसद चौधरी ★   सडक विभागले टाल्यो न्यूरोडको सडक ★   निगुरोको माग बढेसँगै मोरङका स्थानीय व्यापारमा व्यस्त

पाँच हजार घुस लिएको आरोपमा प्रहरी जवान अख्तियारको फन्दामा



सिरहा । सिरहाको सुखिपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई आज बिहान रु पाँच हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

घरायसी प्रयोजनका लागि भारतीय बजार लदनियाँबाट समान ल्याउन सहयोग गरिदिने भन्दै स्थानीयवासीसँग लिएको घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीको टोलीले प्रहरी यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका प्रहरी जवान यादवलाई आवश्यक अनुसन्धानका लागि अख्तियारको बर्दिवास कार्यालय लगिने अख्तियारले जनाएको छ । यसअघि आयोगको टोलीले करिब रु १९ लाख घुससहित लहानस्थित सडक डिभिजन कार्यालयका प्रमुख विनोद शाहसहित तीन इञ्जिनीयरलाई पक्राउ गरेको थियो ।

यस्तै सिरहाको लहान नगरपालिका– ८ स्थित सार्वजनिक बाटो अतिक्रमण गरी लामो समयदेखि बनाइएका घर टहरा आज भत्काइएको छ । लहान नगरपालिका कार्यालय र स्थानीय प्रशासनले संयुक्त रुपमा सार्वजनिक बाटो र एलानी जग्गामा स्थानीयवासीद्वारा निर्माण गरिएका घर टहरा भत्काएका हुन् ।

वडा नं ८ स्थित रोड नम्बर–२ मा ढल नाला निर्माण तथा सडक विस्तार गर्ने कार्य अतिक्रमण गरी बनाइएका घर टहराका कारणले अवरोध भइरहेको भन्दै स्काभेटर लगाएर भत्काइएको हो । नगरपालिका तथा सम्बन्धित वडा कार्यलयले पटक–पटक अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दै आए पनि भत्काउन अटेर गर्दै आएकाले त्यस्ता संरचना भत्काइएको वडा नं ८ का अध्यक्ष विजयकुमार महतोले जानकारी दिनुभयो ।