३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मी सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । राजधानीमा जारी एनभिए राष्ट्रिय पुरुष-महिला क्लब भलिबल प्रतियोगिताअन्र्गत आज भएको पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ ।

नेपाल भलिबल सङ्घ (एनभिए) को आयोजनामा भएको उक्त प्रतियोगितामा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा आर्मीले मणिमुकुन्दलाई २५–१९, २५–१८ र २५–१७ ले पराजित गरेको हो ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फका विजेता टोलीले जनही रु दुई लाख तथा उपविजेताले रु एक लाख पुरस्कार पाउनेछन् । त्यसैगरी तेस्रो हुने टोलीले रु ५० हजार प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट घोषित हुने खेलाडीले जनही रु २५ हजार पाउनेछन् भने विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही रु दश हजार पाउनेछन् ।