१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा
अ अ+ अ-

विराटनगर । प्रदेश नं.१ मा राष्ट्रियसभा सदस्य पदको माघ ९ गते (बिहीबार) हुन गइरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन स्वच्छ, निष्पक्ष र व्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिनुभयो । निर्वाचनका लागि वीरेन्द्र सभागृहमा स्थानीय तहका मतदाता र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था मिलाउन लागिएको उहाँले बताउनुभयो । एक दलित, एक महिला र एक अन्य गरी तीन जना राष्ट्रियसभा सदस्यका लागि बिहीबार बिहान १० बजेदेखि ४ बजेसम्म मतदान हुने उहाँले जानकारी दिनुभयो ।

वीरेन्द्र सभागृहमा रहेको मतदानस्थलमा रहेको दुई केन्द्रमध्ये ९क०मा प्रदेशसभा सदस्य र (ख) मा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नुहुने छ । उक्त निर्वाचनमा प्रदेश नं १ का प्रदेशसभा सदस्य ९३ तथा स्थानीय तहअन्तर्गत महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष २७४ गरी कूल ३६७ जनाले मतदानमा सहभागी हुनुहुनेछ ।

निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न १८ कर्मचारी खटिएका छन् भने निर्वाचनस्थलको सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । जिल्ला निर्वाचन कार्यालयमा मतपत्र प्राप्त भएपछि मतगणना शुरु गरिने सूचना अधिकृत अधिकारीले बताउनुभयो । राष्ट्रियसभा सदस्य पदका लागि हुने निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट तीन, नेपाली काँग्रेसका तर्फबाट तीन र सङ्घीय समाजवादी पार्टीेका तर्फबाट तीन गरी जम्मा नौ जना उम्मेदवार छन् ।

यस्तै प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भई बनेको प्रेस सङ्गठन मोरङ शाखाले ३५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ ।

यसअघि संयोजकमा सुदीप कोइराला र सहसंयोजकमा गोकुल पराजुली चयन हुनुभएको थियो । समितिका सदस्यमा मनोजकुमार दाहाल, अर्जुनकुमार आचार्य, दिनेश सुब्बा, नेत्र पी अधिकारी, माधवप्रसाद मुकुन्द खतिवडा, हरि अधिकारी, सन्तोष राई, शशाङ्क पौडेल, अनिल श्रेष्ठ, सरोज बस्नेत, सुमन घिमिरे, ज्योति चौहान, नवीन कर्ण, हरिहर नेपाल र बाबुराम भण्डारी रहनु भएको छ ।

यस्तै अन्य सदस्यमा सुरेश अधिकारी, श्रीमन्त भट्टराई, प्रेम देवान, उत्तम पोखरेल, सन्तोष गौतम, मनोजकुमार महतो, बाबुराम मुडियारी, सुजाता लिङ्लेखु, डम्बर विक, अर्जुन राई, नवराज भट्टराई, ध्रुव भट्टराई, रञ्जना बुढाथोकी, पवनकुमार साह, सन्दिप राई, विजय धिमाल, एलिना दियाली र सुस्मिता दाहाललाई चयन गरिएको छ ।