२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिचियन पास्टरको पक्राउपछि बल्ल खुल्यो यस्तो कर्तुत



अ+ अ-

काठमाडौं । गोरखाबाट ‘ठगी’ गरेर भागेका ध्रुबबाबु जोशी क्रिचियनका पाष्टर ललितपुरको चर्चबाट पक्राउ परेका छन् । जवरजस्ती करणी अभियोगमा पक्राउ परेका जोशी गोरखबाट पाँच वर्षदेखि सम्पर्कविहीन भएका हुन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार गोरखा बजारका स्थायी बासिन्दा जोशी पहिले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीको राजनीतिक संरक्षणमा महेन्द्रज्योति माध्यामिक विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष थिए। २०६९ सालमा विद्यालयमा शौचालय निर्माण गर्न लिएको पेश्की रकम उनले अझै फिर्ता गरेका छैनन्।

विद्यालयका प्रधानाध्यापक भाइकाजी श्रेष्ठका अनुसार जोशीले शौचालय निर्माण गर्न दुई लाख चार हजार रूपैयाँ पेश्की लगे तर शौचालय बनाएका थिएनन् ।

विद्यालयछेउ गोरखा नगरपालिका वडा नम्बर ६ छहरे घर भएका जोशीमाथि यसअघि आफ्नै सालीमाथि यौन दुराचारको पनि आरोप लागेको थियो। जोशीले पार्टी प्यालेससहित रेष्टुरेन्ट चलाइरहेको घरमा झुण्डिएर सालीले आत्महत्या गरेकी थिइन्।

पुस २७ गते एक महिलाले आफूमाथि पटकपटक पास्टर जोशीले जवरजस्ती करणी गरेको आरोपमा जाहेरी दिएपछि भोलिपल्ट जोशी पक्राउ परे।