२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्वारा अरविन्द आश्रम विद्यालयको भवन निर्माण



अ+ अ-

काठमाडौं । भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारले थानकोटस्थित अरविन्द आश्रम विद्यालयको नव निर्मित भवनको औपचारिक उद्घाटन गरेका छन् । भारत सरकारको नेरु २.८२५ करोड अनुदान सहयोगमा निर्मित तीन तल्ले भवनको बुधबार राजदूत कुमारले उद्घाटन गरेका हुन् ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणि राम गेलाल लगायत राजनीतिक, सामुदायिक नेतृत्वकर्मीले सो समारोहमा सहभागीता जनाएका थिए ।
नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस आवासीय विद्यालय सन् १९९३ मा श्री अरविन्द योग मन्दिरले स्थापना गरेको हो ।

यस विद्यालयले करिब २६० विद्यार्थीलाई माध्यमिक तहको शिक्षा प्रदान गरिरहेको छ जसमध्ये ५३ प्रतिशत भन्दा बढी छात्रा रहेका छन् । अधिकांश विद्यार्थीहरु गरिब, विपन्न र अनाथ छन् जसका लागि विद्यालयले निःशुल्क शिक्षा तथा छात्रावासको व्यवस्था गरेको छ । शहरी विकास तथा भवन निर्माण विभागले उक्त परियोजनाको कार्यान्वयन गरेको हो ।

निर्मित भवनमा ११ वटा कक्षा कोठा, तीनवटा प्रयोगशाला, चारवटा भण्डार कक्ष तथा दुई कर्मचारी कक्ष रहेका छन् । यसका अतिरिक्त लेखा, प्रशासन, रेकर्ड, पुस्तकालय, प्रधानाध्यापक, व्यक्तिगत सहायक, परीक्षा, बहुउद्धेश्यीय हल र फर्निचरका लागि एक–एक कोठाको व्यवस्था रहेको छ ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पूरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकार खुशी व्यक्त गर्दछ ।