२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नोना कोइराला स्मृति प्रतिष्ठानलाई जापान सरकारको सहयोग



अ+ अ-

काठमाडौं । नेपालका लागि जापानी राजदूत मासामिचीले साइगोले नोना कोइराला स्मृति प्रतिष्ठानसँग भएको अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

जापानले बिराटनगर महानगरपालिकामा स्वास्थ्य तालिम केन्द्र र आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापनाका लागि प्रतिष्ठानसँग अनुदान सहयोग सम्झौता गरेको हो। परियोजनाको लागत करिब १ करोड २१ लाख ९० हजार रुपैयाँ अनुमान गरिएको छ।

जापानले जापान सरकारको ग्रान्ट असिस्टेन्स फर ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट (जीजीपी) अन्तर्गत उक्त सहयोग रकम उपलब्ध हुने दुताबासले जनाएको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै राजदूत साइगोले बिराटनगर र आसपासका मानिसको सेवा एवं सुरक्षाका लागि परियोजनाले सहयोग पुर्यााउने बताए। नेपाल र जापानबीच रहेको जनस्तरको मित्रता बढाउन पनि परियोजनाले सहयोग गर्ने विश्वास जापानी दूतावासले व्यक्त गरेको छ।

सन् २००८मा स्थापना भएको नोना कोइराला स्मृति प्रतिष्ठानले प्राकृतिक विपदको बेला प्रभावित क्षेत्रमा आपतकालीन राहत उपलब्ध गराउनुका साथै जनस्वास्थ्यसम्बन्धी क्रियाकलापमा सहयोग पुर्याउदै आइरहेको छ।