११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति

हत्याको आरोपमा पाँच जना पक्राउ

हत्याको आरोपमा पाँच जना पक्राउ
अ अ+ अ-

चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले रत्ननगर नगरपालिका–४ निवासी ६३ वर्षीया सुकमाया देवी तामाङको हत्याका आरोपी पक्राउ गरी सार्वजनिक गरेको छ । तामाङको गत पुस २६ गते आफ्नै घरमा हातखुट्टा र मुखमा कपडाले बाँधी हत्या गरिएको थियो ।

हत्यामा  संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार पक्राउपर्नेमा बारा, जीतपुर सिमारा उपमहानगरपालिका–२२ घर भई रत्ननगर नगरपालिका–१० बस्ने ४६ वर्षीय मोटे र विजय भनिने शुक्रबहादुर भोलन, सोही ठाउँमा घर भई हाल ललितपुर महानगरपालिका–१० च्यासल बस्ने ४२ वर्षीय सूर्यमान वाइबा, धादिङ थाक्रे गाउँपालिका–५ का ३२ वर्षीय बुद्धिमान लामा छन् ।

यस्तै, स्याङ्जा बिरुवा गाउँपालिका–८ पेल्का स्थायी घर भई हाल रत्ननगर नगरपालिका–४ बस्ने ३१ वर्षीय कौबहादुर गुरुङ र मकवानपुर थाहा नगरपालिका–१२ घर भई हाल काठमाडौँ थानकोट बस्ने ४७ वर्षीय हिराबहादुर स्याङ्तान रहेका छन् ।

उनीहरुलाई रत्ननगर नगरपालिका, नवलपरासी (बर्दघाट, सुस्तापूर्व), इच्छाकामना गाउँपालिकाको फिस्लिङ र थानकोटबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले केही समय अघि तामाङको घरमा भाडामा बस्दै आएका भोलानसहितको योजनामा हत्या गरिएको बताउनुभयो । पक्राउ परेकाहरुको साथबाट ना २५ प ६९६५ नम्बरको पल्सर मोटरसाइकल, बागमती प्रदेश ०१–००२ ज ७९८५ नम्बरको ट्याक्सी, मृतकको मोबाइल, पर्स र सात थान मोबाइल बरामद् गरिएको छ ।

तामाङको घरबाट दुई तोला ५० लालको सुनको सिक्रीसहितको काँडावाला माडवरी एक थान, एक तोला २५ लालाको सुनको बाला, ५० लालको सुनको औँठी, एक तोलाको सुनको जन्तर, मोती माला, मोबाइल दुई थान र रु एक लाख गरी रु १५ लाख ३६ हजार ७०० बराबरको नगद लुटपाट गरिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

पक्राउ परेका सबैलाई कर्तव्य ज्यान र चोरी तथा डाँकासम्बन्धी कसुरमा मुद्दा दायर गरिएको पुरीले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष भट्ट नेतृत्वको अनुसन्धान टोलीले दुई साता लगाएर अनुसन्धान गरी दोषी पहिचान गरेर निजहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । रासस