१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

समयमै काम सम्पन्न नगर्ने कम्पनीसँगको ठेक्का रद्द

समयमै काम सम्पन्न नगर्ने कम्पनीसँगको ठेक्का रद्द
अ अ+ अ-

राँझा । बाँकेको जानकी गाउँपालिकाले समयमै काम सम्पन्न नगर्ने दुई ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा सम्झौता भई हालसम्म काम सम्पन्न हुन नसकेको सम्झौता गाउँसभाबाटै रद्द गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार गाउँसभाबाट इशा निर्माण सेवा र सुनिता निर्माण सेवासँगको ठेक्का सम्झौता रद्द गर्ने प्रस्ताव पारित गरेको हो ।

इशा निर्माण सेवाले गाउँपालिकाको वडा नं ६ मा सडक ग्राभेल तथा सुनिता निर्माण सेवाले वडा नं २ मा सडक ढलान तथा नाली निर्माणको ठेक्का सम्झौता गरेका थिए । आव २०७४/७५ मा सम्झौता भएकामा काम सम्पन्न गर्न बारम्वार आग्रह गर्दा पनि अटेर गरेकाले काम सम्पन्न भएको भुक्तानी गरी ठेक्का रद्द गरिएको गाउँपालिकाका योजना शाखा प्रमुख इञ्जिनीयर निसार अहमद दर्जीले बताए । गाउँपालिका अध्यक्ष रामनिवास यादवले सुखी नेपाल समृद्ध नेपाल र प्रदेश सरकारको सुखी जनता, समृद्ध प्रदेशको मूल नारालाई आत्मसाथ गर्दै गाउँपालिकावासीको सुखी र समृद्धिका लागि विभिन्न विकास निर्माणका योजनाहरु कार्यान्वयन गर्दै आएको जानकारी दिए ।

शिक्षा, स्वास्थ्य, महिला बालबालिका ज्येष्ठ नागरिक, दलित तथा जनजातिको समावेशी र सहभागितामूलक योजना तर्जुमा पद्धतिको अवलम्बन गरी प्राथमिकताका योजना छनोट गरी कार्यान्वयन गर्दै आएको उनले बताए । गाउँपालिकामा चार दशमलव आठ किलोमिटर पिसीसी ढलान सडक निर्माण, १२ किलोमिटर ग्राभेल, पाँच दशमलव पाँच किलोमिटर नयाँ निर्माण, २०० मिटर कालोपत्र, चार कल्भर्ट, एक दशमलव पाँच किलोमिटर नाला, तीन नयाँ विद्यालय भवन निर्माण र गाउँपालिकाको सभाहल निर्माणलगायतका काम सम्पन्न भइसकेको बताइएको छ ।