३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना थालियो

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना थालियो
फाईल फोटो
अ+ अ-

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक) मा बाघको गणना आजदेखि थालनी गरिएको छ । यसअघि चितवन र पर्साको दुई खण्डमा बाघको गणना गरेपछि तेस्रो खण्डमा गणना गर्न सुरआत गरिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले चितवन–पर्सालाई तीनवटा ब्लकमा बाँडेर बाघ गणना गरिँदै आइरहेको जानकारी दिनुभयो ।

“चितवन–पर्सा राष्ट्रिय निकुञ्जमा तीन ब्लकमा बाँडेर बाघ गणनाको काम भइरहेको छ,” उहाँले भन्नुभयो, “चितवन–पर्सा क्षेत्रमा दुई खण्डमा बाघको गणनाको काम सकिएको छ । तर त्यसको डाटा प्रशोधनलगायतका काम भने अझैँ बाँकी नै छन्,” उहाँले भन्नुभयो, “चितवन–पर्साको तेस्रो खण्डको काम गर्नका लागि विभिन्न स्थानमा स्वचालित क्यामेरा जडानको काम अघि बढेको छ । क्यामेरा जडान कार्य शनिबारसम्म चल्नेछ ।” क्यामेरा जडान गरिसकेपछि १५ दिन र रातको समयमा बाघको ‘मुभमेन्ट’लाई निगरानी गरिनेछ । क्यामेरामा ‘रेकर्ड’ भएको बाघको गतिविधिका आधारमा बाघको सङ्ख्या यकिन गरिनेछ ।

वरिष्ठ इकोलोजिष्ट आचार्यले चितवन र पर्साको पहिलो र दोस्रो खण्डमा देखिएका सबल र दुर्लभ पक्षलाई मध्यनजर गर्दै अझै व्यवस्थित ढङ्गले सबै निकायसँग समन्वय गरेर बाघ गणनाको काम अघि बढाउन निर्देशन दिनुभएको छ ।

“पहिलो र दोस्रो खण्डमा देखिएका जटिलता र चुनौतीलाई ध्यान दिँदै सरोकारवाला निकायबीच समन्वय र सहकार्य गरेर बाघ गणना कार्यलाई प्रभावकारी ढङ्गले अघि बढाउनुहोला,” उहाँले भन्नुभयो, “बाघ गणनाका लागि स्वचालित क्यामेरा जडानलगायतका कार्यमा पनि संवेदनशील र सुरक्षित उपाय अवलम्बन गर्न जरुरी छ । सोतर्फ ध्यान दिन अनुरोध गर्दछु ।”

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले तेस्रो खण्डको बाघ गणना गर्न १२ क्याम्पबाट सात–सात जनाको टोली खटाइएको जानकारी दिनुभयो । “तेस्रो भागको बाघ गणना गर्नका लागि यहाँ सात–सात जनाको टोलीले बाघ आउजाउ र हिँड्डुल गर्ने ठाउँलाई लक्षित गरेर ३२८ जोडा स्वचालित क्यामेरा जडान गरिनेछ,” उहाँले भन्नुभयो, “ती स्वचालित क्यामेराले १५ दिन र रातको समयमा बाघको गतिविधिलाई कैद गर्नेछ । जसबाट आउने तथ्याङ्कबाट बाघको गणना गर्न सकिनेछ ।”

पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले पर्सा निकुञ्जभित्र पर्ने विभिन्न १२ स्थानमा क्याम्प राखेर बाघ गणनाको काम अघि बढाइएको बताउनुभयो । क्याम्पमा रहेका टोलीका सदस्यले क्यामेरा जडानदेखि निगरानी लगायतका काम गर्नुपर्नेछ ।

भाठ्ठाको दुई ठाउँमा क्याम्प गराइनेछ । त्यसैगरी शीतलपुर, महादेवपट्टि, अमलेखगञ्ज, चुरियामाई, रातोमाटे, सहजनाथ, निजगढ, चपुर, घोडेमसान, तामागढी लगायतमा सात–सात जनाको टोली खटिएर ३२८ जोडी स्वचालित क्यामेरा जडान गरेर बाघको निगरानी गरिनेछ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३ गतेदेखि सुरु भएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा गणेश पन्तले चितवन र पर्साको पहिलो र दोस्रो खण्डको बाघ गणनाको काम सकेर क्यामेरा निकालिसकेको बताउनुभयो । “एक खण्डमा बाघको गणना गर्न राखेको स्वचालित क्यामेरा १५ दिन र रात राखेपछि आवश्यक प्रक्रिया पूरा गरेर निकाल्ने गरिन्छ,” उहाँले भन्नुभयो, “क्यामेरा जडान गर्न र निकाल्नका लागि औसतमा दुई–तीन दिन लाग्ने गर्छ ।” स्वचालित क्यामेरा ४० देखि ६० सेन्टिमिटरमा राख्ने गरिन्छ ।

उहाँले बाघ गणनाका लागि सरिक हुने गणकहरुले आफ्नो सुरक्षामा कुनै पनि खालको कमीकमजोरी नगर्नका लागि अनुरोध गर्दछु ।” उहाँले पहिलो र दोस्रो खण्ड बाघ गणनाका क्रममा जङ्गली हात्ती तथा बाघको कारणले २४ वटा क्यामेरामा क्षत पुगेको जानकारी दिनुभयो । निकुञ्जका अनुसार पहिलो र दोस्रो खण्डमा गरेर एक हजार २०४ जना स्वचालित क्यामेरा प्रयोग गरिएको थियो ।

संरक्षण अधिकृत हेमराज आचार्यका अनुसार एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखेर बाघ गणना गरिँदै आइरहेको छ । क्यामेरा दुई–दुई वर्गकिलोमिटरको दूरीमा राख्ने गरिन्छ ।

हरेक चार वर्षमा बाघ गणना गरिँदै आइएको छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंमसेवी, विद्यार्थी र संरक्षणका साझेदार गणनामा सहभागी हुने गर्छन् ।

बाघको तस्बीर हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याउने गरिन्छ । यस अघि सन् २०२२ मा गरिएको बाघ गणनाअनुसार नेपालमा ३५५ वटा बाघ रहेको तथ्याङ्क सार्वजानिक गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा १२८ र पर्सा राष्ट्रिय निकुञ्जमा ४१ बाघ भेट्टिएको थियो । बाँकी अन्य ठाउँमा भेट्टिएका थिए । रासस