१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

हजारको नोट नसाटिँदा खुलेको सहारा देशकै ठूलो सहकारी

हजारको नोट नसाटिँदा खुलेको सहारा देशकै ठूलो सहकारी
अ अ+ अ-

सुरुङ्गा । तत्कालीन चारपाने गाउँ विकास समितिको चारपाने बजारमा २३ वर्ष अघि रु एक हजारको नोट खुजुरा बनाउन नसकेको सम्झना अझै ताजै छ महेन्द्रकुमार गिरीलाई । हाल विर्तामोड नगरपालिका–२ मा रहेको चारपाने आफैँमा सानो बजार, त्यसमाथि २३ वर्ष अघि एक हजारको नोट नसाटिँदा विर्तामोडसम्म जानुपरेको बाध्यता बिर्सनुभएको छैन उहाँले । “बैंकको पहुँचबाट टाढा रहेका चारपानेवासीलाई घरको गर्जो टार्न पनि साहु महाजनकहाँ जानुपर्ने बाध्यता थियो”, गिरी सम्झनुहुन्छ, “चर्को ब्याजदरमा ऋण लिएर गर्जो टार्ने धेरै जना देखेपछि सहकारी खोल्ने सोच आयो ।”

वित्तीय संस्थामार्फत विपन्न समुदायको जीवनस्तर माथि उठाउन सकिन्छ भन्ने हेतुले नरनाथ गिरी र दुर्गा भण्डारी मिलेर चारपानेमा सहकारी खोल्ने निधो गरेको उहाँले बताउनुभयो । गिरीले भन्नुभयो, “त्यसबेला ३३ जना शेयर सदस्यले रु ३४ हजार शेयर पूँजी जारी गर्दै तीन वटा गाविसमा कार्यक्षेत्र बनाई सहकारीको कारोवार शुरु गरेका थियौँ ।”

विसं २०५२ फागुन ११ गतेको संस्थाको प्रारम्भिक भेलामा संस्थाको नाम ‘सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ राख्ने निर्णय गर्दा शेयर पूँजी रु ३४ हजार निकाल्न हम्मेहम्मे परेको उहाँले बताउनुभयो । “तर त्यही सहकारी संस्था अहिले आर्थिक कारोवारका दृष्टिकोणले प्रदेश नम्बर १ कै ठूलो सहकारी संस्था बनेको छ”, उहाँले भन्नुभयो ।

एक लाख ५१ हजारभन्दा बढी शेयर सदस्य भएको सहकारी शेयर सदस्यको हिसाबले भने नेपालकै ठूलो संस्था भएको उहाँको भनाइ छ । सहारा नेपाल सहकारी संस्थाको शेयर पूँजी मात्रै अहिले रु एक अर्ब २४ करोड ९६ लाख रहेको सहकारीका कार्यकारी निर्देशकसमेत रहनुभएका गिरीले बताउनुभयो । उहाँका अनुसार संस्थाको कूल बचत रु चार अर्ब ६१ करोड ६३ लाख रहेको छ ।

गत आवमा रु एक अर्ब ५६ करोड आम्दानी गरेको सहकारीले खुद नाफा मात्रै रु ३६ करोड गरेको छ । चालू आवभित्र कूल पूँजी रु ११ अर्ब पुर्याउने लक्ष्यसहित सहकारीको सेवा क्षेत्रभित्रका छ जिल्लाका सबै स्थानीय तह र वडामा सेवा विस्तार गरी पाँच लाख सदस्य पुर्याउने लक्ष्य लिइएको छ । सहकारीले अहिले झापासहित इलाम, पाँचथर, मोरङ, सुनसरी र उदयपुरमा कारोवार गरिरहेको छ ।

चारपानेमा मुख्य कार्यालय रहेको सहारा लगानीमा मात्र नभई शेयर सदस्यको जीवनस्तर उठाउन ५० कार्यक्रम लिएर अघि बढेको छ ।

समुदायमा एम्बुलेन्स वितरणदेखि सर्पदंश उपचार केन्द्र, रक्तसञ्चार केन्द्र, मलामी विश्रामालयसहित दशकर्म (काजकिरिया गर्ने ठाउँ) का लागि घर निर्माण, गाउँगाउँमा ज्येष्ठ नागरिक चोतारो निर्माण, विपन्न समुदायका ५०० भन्दा बढी घर निर्माणलगायतका सामाजिक कार्य गर्दै सहारा सहकारी पूर्वमा सबैको मनमा बस्न सफल भएको छ । ज्येष्ठ नागरिक चौतारोमा सुविधा सम्पन्न हल निर्माण गर्दै फ्रि वाइफाइ र मनोरञ्जनका साधन र खानपानको समेत व्यवस्थापन गरिएको छ ।

आफ्ना शेयर सदस्यका लागि सहकारीले सदस्य एकल महिला तथा पुरुष भत्ता, सुत्केरी पोषण, कोपिला बाल बचत, दशकर्म वार्षिकी सेवासुविधा, कृषिका लागि विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । स्कूल स्कूल, मेड इन नेपाल, पहिला आफ्नो स्वास्थ्य, साक्षरता अभियान सञ्चालन, हामी उठौँ राष्ट्रिय विपत्तिमा जुटौँ, वातावरणमैत्री गाउँ निर्माणलगायतका कार्यक्रम सञ्चालनमा रहेको सहकारीका अध्यक्ष ताराप्रसाद सञ्जेलले बताउनुभयो ।

सहकारीले आफ्ना शेयर सदस्यका बीच सञ्चालन गरेको कार्यक्रममध्ये सदस्य पोषण कार्यक्रममा संस्थाले ज्येष्ठ सदस्यलाई स्वस्थ रहन पोषणयुक्त खानामा सहयोग पु¥याउँदै आएको छ । संस्थाले ६५ वर्ष पूरा गरेका शेयर सदस्यलाई रु छ हजार पोषणभत्ताबापत रकम प्रदान गर्दै आएको छ ।

यस वर्षदेखि क्यान्सर, मुटु, मिर्गौला फेल, अल्जाइमर्स, पार्किन्सन्स, कलेजो बिग्रेको, स्पाइनल इन्ज्युरी, मष्तिस्कघातजस्ता रोगमा पनि सहकारीले उपचारको बिलका आधारमा रु छ लाखसम्म सहयोग गर्न शुरु गरेको छ । मिर्गौला, मुटु र लिभर ट्रान्सप्लान्ट गर्नुपरेको खण्डमा सहकारीले रु १० लाख दिन शुरु गरेको छ । संस्थाले गत वर्ष चार करोड ११ लाख कर बुझाएकामा छ चालु आर्थिक वर्षमा रु पाँच करोड २० लाख करमा योगदान पु¥याउने बताइएको छ ।