१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

नेपालगञ्जमा ‘ग्राण्ड साईन्स फेस्टिभल’ हुँदै

नेपालगञ्जमा ‘ग्राण्ड साईन्स फेस्टिभल’ हुँदै
अ अ+ अ-

काठमाडौं । विज्ञान तथा प्रविधिको शिक्षालाई व्यवहारमा उतार्नको निम्ति र देशका विभिन्न कुनामा लुकेर बसेका वैज्ञानिक प्रतिभालाई उजागर गर्नको लागि यही फागुन ८ गतेदेखि फागुन १० गतेसम्म नेपालगञ्जमा ‘विज्ञान तथा प्रविधिको वृहत प्रदर्शनी एवं महोत्सव’ को आयोजना हुने भएको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आयोजक संस्थाहरु क्रमशः ए वन एजुकेशन एक्सप्रेस, नेपालगञ्ज, ध्रवतारा एजेकेशन, नेपालगञ्ज र ग्रेस ईन्टरनेश्नल, नेपालगञ्जले उक्त प्रदर्शनी एवम् महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिएका हुन् । उक्त महोत्सवको उद्घाटन भने संघीय सरकारका शिक्षा, प्रविधि तथा विज्ञानमन्त्री गिरिराजमणि पोखरेलले गर्ने पनि आयोजकले जानकारी दिएको छ ।

‘राष्ट्र निर्माणका लागि विज्ञान तथा प्रविधि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको उक्त महोत्सवमा देशव्यापी रुपमा विज्ञान तथा प्रविधिमा रुचि राख्नेहरुको सहभागिता हुनेपनि आयोजक कमिटीका अध्यक्ष आतंक बस्नेतले जानकारी दिए । उनकाअनुसार बृहद प्रदर्शनी तथा महोत्सव भने नेपालगन्जको सडक डिभिजन कार्यालय परिसर, कारकादोमा हुनेछ । उनले भने,‘महोत्सवमा विज्ञान र प्रविधिसँग सम्बन्धित तीन सय स्टलहरु राखिने छन् ।’

ती स्टलहरुमा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई रोबोटिक्स एण्ड ईन्टेलिजेन्ट मेशिन्स, फिजिक्स एण्ड एष्ट्रोनोमी, एग्रिकल्चरल टेक्नोलोजी, ईन्जिनियरिङ मेकानिक्स, केमेष्ट्री, बायोलोजी, ईनोभेशन एण्ड एक्जिस्टिङ टेक्नोलोजी, ईन्फोरमेशन एण्ड कम्प्युटर साईन्स, ईनभाईरोमेन्टल ईन्जिनियरिङ एण्ड रिनेवल ईनर्जी र म्याथमेटिक्सको थिम दिएको पनि अध्यक्ष बस्नेतले जानकारी दिए । बस्नेतले उक्त प्रर्दशनी तथा महोत्सवको आयोजना गर्ने संस्थाहरु निमित्त मात्र भएको सुनाउँदै भने,‘यो तीन करोड नेपालीहरुको अभियान हो । यसमा हामी सबैले हातेमालो गरेमा मात्र यो कार्यक्रमले अपेक्षित सफलता दिनेछ ।’ उनले महोत्सवमा सहभागिता जनाउनको लागि सबैलाई आग्रहसमेत गरेका छन् ।

उनले प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदुर पश्चिम् प्रदेशका ३१ जिल्लाका सामुदायिक तथा निजी विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुको वैज्ञानिक प्रतिभा प्रदर्शन, देशैभरिबाट युवा वैज्ञानिकहरुको प्रतिभा प्रदर्शनी, बिज्ञान र प्रविधिसङ्ग सम्बन्धित कविता, वादविवाद र नाटकको प्रतियोगिता समेत रहने स्पष्ट पारे । उनकाअनुसार विद्यालयस्तरको वैज्ञानिक प्रतिभा प्रदर्शन प्रतियोगिताका प्रथम हुनेलाई १ लाख, द्वितीयलाई ७५ हजार, तृतीयलाई ५० हजार र सान्त्वना हुनेलाई २५ हजार प्रदान गरिनेछ ।

त्यसैगरी युवा वैज्ञानिकहरुको खुला प्रतियोगितातर्फ प्रथमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार तथा कविता, वादविवाद र नाटक प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार नगद राशीको पुरस्कार वितरण गरिने अध्यक्ष बस्नेतले बताए । करिव ४० लाख खर्च अनुमानित गरिएको उक्त महोत्सवमा जुरी मेम्बरका रुपमा नार्क र नास्टका ७ जना वैज्ञानिकको निर्णायक मण्डल रहने बताइएको छ । उनले पुरस्कारमा मात्रै चार लाख राशि खर्चिने स्पष्ट पारे । कार्यक्रममा आयोजक समितिका सदस्य एण्ड्रुयु पौडेलले अफुहरुले यस्तो प्रकारको महोत्सव पहिलोपटक आयोजना गर्न लागेपनी भविष्यमा राष्ट्रियस्तरसम्म पुर्याई राज्यको समेत संलग्नता रहनेगरि प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य रहेको सुनाए ।

कार्यक्रममा आयोजक समितिका सदस्यद्वय सुमन पौडेल र आकृत ढुंगेलले देशभित्र रहेका वैज्ञानिक प्रतिभाहरुलाई कसरी प्रष्फुटन हुनबाट बञ्चित गराईसकेको छ भन्ने अवस्था बारे प्रकाश पारेका थिए । उक्त महोत्सव तथा प्रदर्शनीको निर्णायक मण्डलमा भने नाष्ट र नार्कका वैज्ञानिकहरुको सहभागिता रहनेछ ।