१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

गण्डकी प्रदेशका जनप्रतिनिधि भन्छन् : सडक नै पहिलो चिन्ता

गण्डकी प्रदेशका जनप्रतिनिधि भन्छन् : सडक नै पहिलो चिन्ता
अ अ+ अ-

पोखरा । भूगोलका हिसाबले हिमाल, पहाड र तराई तीनवटै संरचना भएको प्रदेश हो गण्डकी । उत्तरमा चीनसँगको कोराला नाका जोडिएको यो प्रदेश दक्षिणमा भारतसँग त्रिवेणीधाम जोडिएको छ । भौगोलिक विविधतायुक्त यो प्रदेश विकासमा उत्तिकै सम्भावना बोकेको छ तर सडक पूर्वाधार भने यहाँको पहिलो आवश्यकता हो । उत्तरदेखि दक्षिणसम्मका भूभागलाई ११ जिल्लामा समेटिएको यस प्रदेशमा ८५ वटा स्थानीय तह छन् ।

भौगोलिकरूपमा टाढा भएका कारण प्रदेशको हिमाल, पहाड र तराईका जनप्रतिनिधि एकापसमा भेट्न सामान्यतः मुस्किल नै छ । आज भने हिमाल, पहाड र तराईका जनप्रतिनिधि एकै ठाउँमा पोखरामा भेट्दा सबैको चासो र चिन्ता सडक सञ्जाल नै देखिन्थ्यो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका सन्दर्भमा मतदान गर्न पोखरा आएका प्रत्येक जनप्रतिनिधिको एउटै स्वर थियो, “बाटो नभएर नै विकासले गति लिन सकेन ।” हिमालपारिको जिल्ला मुस्ताङको लोमाङथाङ गाउँपालिकाका उपप्रमुख पेमा डोल्मा विष्टले धेरै सम्भावना रहेर पनि सडक सञ्जाल नजोडिँदा समृद्धि र विकासमा अपेक्षित गति आउन नसकेको धारणा राख्नुभयो ।

“प्रकृति र संस्कृतिका धेरै कुराले हामी सम्पन्न छौँ, तर सडक सञ्जालकै अभावमा यी कुराको भरपुर उपयोग हुन सकेको छैन”, उहाँले भन्नुभयो, “कोरालादेखि त्रिवेणीसम्म सडक सञ्जाल सहज नहुँदासम्म यहाँको विकासले फड्को मार्न नसक्ने देखिन्छ ।”

जोमसोम–उपल्लो मुस्ताङ सडकखण्डमा बाटो निर्माण भइरहेको बताउँदै उहाँले यसअन्तर्गत समरको भिरमा भौगोलिक जटिलताका कारण कामले अपेक्षित गति लिन नसकेको बताउनुभयो । पर्यटकीय दृष्टिले धेरै सम्भावनायुक्त यो क्षेत्रमा सडक सञ्जाल सहज भएसँगै स्थानीय सर्वसाधारण एवं पर्यटक सबैलाई आवतजावत गर्न सहज हुने उहाँको धारणा छ ।

छिमेकी मुलुक भारतसँग सीमा जोडएको विनय त्रिवेणी गाउँपालिकाका प्रमुख डम्बरबहादुर जिसीले सडक सञ्जालकै अभावमा गण्डकी प्रदेशभित्र भएर पनि आफूहरुले प्रदेशवासी भएको अनुभूति गर्न नपाइएको दुःखेसो गर्नुभयो । प्रदेशको राजधानी आउन मात्र नभई आफ्नै गाउँपालिकाको केन्द्र पुग्नसमेत अर्को प्रदेश भएर जानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

“विनय त्रिवेणीका ६ र ७ वडाका सात हजारभन्दा बढी स्थानीय बासिन्दालाई गाउँपालिकाको सदरमुकाम जान पनि ५५ किलोमिटर दूरी पार गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “मध्यवर्ती संरक्षण क्षेत्र हुँदै आवतजावत गर्ने व्यवस्था मिलाइदिएमा सो दूरी २२ किलोमिटरमा झर्दछ ।” नवलपुर क्षेत्रका सर्वसाधारणलाई गण्डकी प्रदेशको जनता भएको अनुभूति गराउन पनि यथाशक्य चाँडो प्रदेशको राजधानी पोखरासँग सडक सञ्जाल जोडिनुपर्ने उहाँको भनाइ छ ।

गैँडाकोट नगरपालिकाका प्रमुख छत्रप्रसाद पौडेलले बाटोकै अभावमा धेरै सम्भावना ओझेलमा परेको अनुभव सुनाउनुभयो । नारायणी नदीको तटबन्धसँगै बाटो खुलाएर व्यवस्थित गर्नसके विनय त्रिवेणीको वडा नं ६ र ७ पनि यातायात सञ्जालमा जोड्ने र यस क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना रहेको उहाँले उल्लेख गर्नुभयो ।

लमजुङ जिल्लाको क्होलासोंथर गाउँपालिकाका उपप्रमुख कुमारीमुनी गुरुङले गाउँपालिका भित्रै पनि सडक सञ्जालको अभावमा जनता पिल्सिरहेको बताउनुभयो । गुरुङ समुदायको आदिभूमि क्होलासोंथर, यसको ऐतिहासिकता र प्राकृतिक सौन्दर्यता हेर्न र जान्न चाहने जो कोहीका लागि सडक पूर्वाधारको अभाव समस्याका रूपमा देखिएको उल्लेख गर्दै उहाँले यसतर्पm सङ्घ र प्रदेश सरकारको समन्वय एवं सहयोग अपरिहार्य भएको बताउनुभयो ।

यहाँका विभिन्न रमणीय गाउँमा घरबास सञ्चालन भएको जानकारी दिँदै उहाँले कच्ची बाटोका कारण हिउँदमा मात्र यातायातका साधन सञ्चालन हुने भएकाले बाह्रै महिना पर्यटक पु¥याउन नसकिएको बताउनुभयो । धेरै सम्भावना रहेर पनि सडक पूर्वाधारका अभावमा पर्यटकीयस्थलको प्रवद्र्धन गर्न नसकिएको उहाँको भनाइ छ ।

कास्कीको मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले प्रदेशको राजधानी पोखरासँग जोडिएर पनि गाउँपालिकाको कुनै पनि सडक हालसम्म कालोपत्र हुन नसकेको बताउनुभयो । आफूहरु निर्वाचित भइसकेपछि यहाँको कसेरी–याङ्जाकोट सडकका साथै कसेरी सिक्लेस सडक कालोपत्र चरणमा अघि बढेको उहाँले बताउनुभयो ।

सडक सञ्जाल नै प्रदेशको विकास निर्माणमा बाधक बन्ने गरेको बताउने प्रदेशसभा सदस्य लक्ष्मी सुनार यसका लागि सङ्घ, प्रदेश र स्थानीय तह सबैको समन्वय हुनु आवश्यक रहेको बताउनुहुन्छ । आवश्यक सडक पूर्वाधार निर्माणलाई गति दिँदै समग्र प्रदेशको समृद्धि र विकासमा लाग्नु वर्तमानको टड्कारो आवश्यकता भएको उहाँको भनाइ छ ।