९ असार २०८३, मंगलवार
,
Latest
महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग : रियल म्याड्रिड बेन्फिकासँग स्तब्ध



च्याम्पियन्स लिगको खेलमा रियल म्याड्रिड विरूद्ध चाैथो गोल गरेपछि खुसी हुँदै बेन्फिकाका खेलाडीहरू (तस्बिरः फाइल)
अ+ अ-

युरोपकै प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको गएराति भएको खेलमा स्पेनी महारथी रियल म्याड्रिड पोर्चुगाली टिम बेन्फिाकासँग स्तब्ध भएको छ ।

बेन्फिकाको पोर्चुगलस्थित गृह मैदान स्टेडियम अफ लाइटमा भएको यस खेलमा बेन्फिकाले रियलको पोष्टमा चार गोल प्रहार गर्दा रियलले दुई गोल मात्र फर्काउन सकेको थियो । रियलका लागि किलिएन एम्बापेले २ गोल गरेका थिए भने बेन्फिकाका लागि आन्द्रीआसले २ गोल, भान्जेलिस पाभ्लीडिस र गोलकिपर अनातोली ट्रबिनले एक एक गोल गरेका थिए ।

आठौं चरणको यस खेलमा पराजित भएसँगै रियल उत्कृष्ट आठमा पर्न असफल भयो । बराबरी मात्र गर्न सकेको भएपनि रियल उत्कृष्ट आठमा छनौट हुन सक्थ्यो तर यस हारका कारण रियलले अब प्लेअफ खेल्नु पर्ने भएको छ । उता, जोजे मौरिन्होको बेन्फिका भने गोल अन्तरका आधारमा २४औं स्थानमा रहँदै प्लेअफ खेल्न पाउने भाग्यमानी टिम बनेको छ ।

यस खेलमा रियलका दुई खेलाडीले दोहोरो पहेंलो कार्ड पाएर खेलको अन्त्यतिर मैदान छाड्नु परेको थियो । राउल एसेन्सियो र रोड्गिोले खेलको दोस्रो हाफको इन्जुरी समयमा रातोकार्ड पाएका थिए ।