८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

असन्तुष्ट पक्षका नेताहरुको बैठक कोइराला निवासमा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्‍त्री सशांक कोइराला निवास महाराजगंजमा असन्तुष्ट पक्षका नेताहरुको बैठक बसेको छ। कोइराला निवास महाराजगंजमा आन्तरिक विवाद समाधानका लागि असन्तुष्ट पक्षका नेताहरुको बैठक बसेको हो ।

बिहीबार अपरान्ह सुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्‍त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा रामशरण महत, अर्जुननरसिंह केसीलगायतका नेताहरु सहभागी छन्। संस्थापन पक्षसँग प्याकेजमै सहमति खोज्‍ने प्रयास भइरहेकोले आफू पक्षीय नेता तथा सदस्यहरुसँग आन्तरिक परामर्श गर्न पौडेल र सिटौलाले उपलब्ध सदस्यहरूलाई महाराजगंज बोलाएका हुन्।